४ दशमलव ८९ अंकले बढ्यो सेयर बजार, १ अर्ब ७३ करोडको कारोबार

४ दशमलव ८९ अंकले बढ्यो सेयर बजार, १ अर्ब ७३ करोडको कारोबार


कारोबार हुने साताको चौथोे दिन बुधबार (आज) सेयर बजार सामान्य अंकले बढेको छ । मंगलबार १६ दशमलव २७ अंकले बढको बजार आज ४ दशमलव ८९ अंकले बढेर २ हजार ५० विन्दुमा पुगेको हो ।  

आज २१५ वटा धितोपत्रको ४१ लाख ३३ हजार कित्ता सेयर १ अर्ब ७३ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्चेञ्जले जनाएको छ । 

आज १३ वटा समूहमध्ये ५ वटा समूहको परिसूचक घटेको छ भने बाँकी ८ वटा समूहको परिसूचक बढेको घटेको छ । सबैभन्दा बढी फाइनान्स समूहको १ दशमलव ९१ प्रतिशतले बढेको हो । कारोबार रकमको आधारमा आज पनि सबैभन्दा बढी शिबम् सिमेन्टको १६ करोड ४२ लाख भन्दा बढीको सेयर कारोबार भयो । 

 

Logo