कांग्रेस सबै दललाई मिलाएर लैजान सक्ने सक्षम पार्टी हो : विश्वप्रकाश शर्मा

कांग्रेस सबै दललाई मिलाएर लैजान सक्ने सक्षम पार्टी हो : विश्वप्रकाश शर्मा


नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सबै दलहरुलाई मिलाएर लैजान आफनो पार्टी सक्षम रहेको बताएका छन् । महामन्त्री शर्माले नेपाललाई श्रीलंका नबन्ने बाटोमा, देशलाई समुन्नतिको उचाईमा लैजाने बाटोमा नेपाली काँग्रेस पार्टी सक्षम रहेको बताएका हुन्र ।

महामन्त्री शर्माले बदलिएको काँग्रेस र बलियो काँग्रेस बनाएर सबै भाषा, संस्कृतिको प्रगति गरेर सबै दललाई सँगै लैजाने बताए । आज ललितपुरमा नेपाल ललितकला संघले कला संस्कृतिको उत्थान विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दे उनले अबका युवा वर्गले बदलाको सोच नभइ बदलिने सोच राख्न जरुरी रहेको उल्लेख गरे ।

अबको दशक नेपाल निर्माण र नेपाल समुन्नतिको दशकको रुपमा अघि बढ्ने उनको भनाइ छ ।

Logo