टीभीएसको नयाँ शोरुम काठमाडौंको टोखामा

टीभीएसको नयाँ शोरुम काठमाडौंको टोखामा


नेपालमा टीभीएस दुई पाङग्रे को एकमात्र वितरक जगदम्बा मोटर्सले काठमाडौंको टोखा–३, स्थुलि, स्थित पूर्ण सुविधासहितको नयाँ शोरुम ‘टोखामी अटो हब’ सञ्चालनमा ल्याएको छ ।

ग्राहकहरुलाई टीभीएस मोटरसाइकल तथा स्कूटरको बिक्री, सेवा र स्पेयर पार्ट्स सहज रुपमा उपलब्ध गराउने उद्देश्यका साथ मिडिया र टीभीएसका प्रतिनिधिहरु बीच टोखामा नयाँ शोरुम सुरु गरिएको हो ।

टोखाको नयाँ शोरुममा बोल्दै जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले भने, टीभीएस मा ग्राहकहरूलाई अझ राम्रो सेवा प्रदान गर्न हामी सधैं प्रयासरत छौं। ग्राहकहरूलाई थप प्रभावकारी र छिटोछरितो रूपमा सेवा दिन नयाँ सुविधाहरू थपिएको छ।

टीभीएस ले निरन्तर रूपमा आफ्ना ग्राहकहरूको सुविधा र गुणस्तरीय सेवा मा ध्यान  दिएको कम्पनीले जनाएको छ ।

जगदम्बा मोटर्स प्रालि टीभीएसको एक मात्र आधिकारिक वितरक हो।

Skip This
Logo