यामाहा नेपालको बहु–सुविधासहितको नयाँ ईएमआई अफर : यस्ता छन् सुविधा

यामाहा नेपालको बहु–सुविधासहितको नयाँ ईएमआई अफर : यस्ता छन् सुविधा


नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता, यामाहा नेपालले बहु–सुविधासहितको नयाँ ईएमआई अफर बजारमा ल्याएको छ । देशमा व्याप्त आर्थिक मन्दीको असरलाई ध्यानमा राखी, सेवाग्राहीहरूलाई सहुलियतपूर्ण ईएमआईमा यामाहाको कुनै पनि बाइक÷स्कुटर उपलब्ध गराउने उद्देश्यका साथ गत शुक्रबारबाट सो फाइनान्सिङ योजना सञ्चालनमा ल्याएको हो ।

कम्पनीका अनुसार योजनाअन्तर्गत यामाहाको कुनै पनि बाइक÷स्कुटर लिन चाहने सेवाग्राहीहरूले अब मात्र ४० प्रतिशत अग्रिम भुक्तानी गरी १८ महिने, २४ महिने र ३० महिनेसम्मको अधिक फाइनान्सिङ सुबिधाहरूको लाभ लिन सक्नेछन् । यामाहाको बाइक÷स्कुटर खरिद गर्दा विभिन्न ‘प्राइस रेन्ज’ अन्तर्गत विभिन्न प्रकारका ईएमआई अफरहरू प्राप्त गर्न सकने छ । 

यस्ता छन् सुविधा :
यस योजनाअन्तर्गत ३ लाख २३ हजार नौ सय  पर्ने एफजेड १६ एफआईको खरिदमा ४०% अग्रिम भुक्तानी गर्दा १८ महिने, २४ महिने र ३० महिने योजना गरी प्रतिमहिना क्रमशः ११ हजार ३१६– ८ हजार ७८९ र ७ हजार ३४७ रुपैयाँको ईएमआई भुक्तान गर्नु पर्नेछ । 

३ लाख ४७ हजार नौ सय पर्ने एफजेड एक्स एफआई डबल डिस्कको खरिदमा ४०% अग्रिम भुक्तानी गर्दा १८ महिने, २४ महिने र ३० महिने योजना गरी प्रतिमहिना क्रमश :१२ हजार १५४,.९ हजार ४४० र ७ हजार ८९२ को ईएमआई भुक्तान गर्नु पर्नेछ ।

३ लाख ९४ हजार नौ सय पर्ने एफजेड एक्स भी०३ एक्स– कनेक्टको खरिदमा ४०% अग्रिम भुक्तानी गर्दा १८ महिने, २४ महिने र ३० महिने योजना गरी प्रतिमहिना क्रमशः १३ हजार ७९१,१० हजार ७१५ र ८ हजार ९५८ को ईएमआई भुक्तान गर्नु पर्नेछ । 

त्यस्तै ४ लाख ३५ हजार नौ सय  पर्ने एफजेड एक्सको खरिदमा ४०% अग्रिम भुक्तानी गर्दा १८ महिने, २४ महिने र ३० महिने योजना गरी प्रतिमहिना क्रमशः  १५ हजार २२९, ११ हजार ८२८ र ९ हजार ८८८ को ईएमआई भुक्तान गर्नु पर्नेछ ।

कम्पनीका अनुसार, एमटी १५ बि एण्ड बि, आर १५ भि ३, र आर १५ एम मोडलको बाइक खरिद गर्ने चाहनेहरूले भने ५० % अग्रिम भुक्तानी गर्नु पर्ने कम्पनीले जनाएको छ । एमटी १५ बि एण्ड बि मोडलको खरिदमा १८ महिने, २४ महिने र ३० महिने योजना गरी प्रतिमहिना क्रमशः १४ हजार ८८, १० हजार ९४२ र ९ हजार १४७ को ईएमआई भुक्तान गर्नु पर्नेछ । 

आर १५ भि ३ मोडलको खरिदमा १५ हजार २८२, ११ हजार ८६९, र ९ हजार ९२२ को ईएमआई भुक्तान गर्नु पर्नेछ । भने आर १५ एमको खरिदमा १८ महिने, २४ महिने र ३० महिने योजना गरी प्रतिमहिना क्रमशः  १७ हजार ११६, १३, हजार २९३ र ११ हजार ११३ को ईएमआई भुक्तान गर्नु पर्नेछ ।
यसैगरी, रे जेडआर ड्रम १२५, रेजेड ११३ र रे जेडआर स्ट्रीट र्याली १२५ एक्स कनेक्ट मोडलका स्कुटरहरू खरिद गर्न चाहनेहरूले ४०% अग्रिम भुक्तानीमै लिन सक्ने कम्पनीले जनाएको छ ।

रे जेडआर ड्रम १२५ मोडलको खरिदमा १८ महिने, २४ महिने र ३० महिने योजना गरी प्रतिमहिना क्रमशः  ९ हजार १५०, ७ हजार १०६  र .५ हजार ९४१ को ईएमआई भर्नु पर्नेछ । त्यस्तै रेजेड ११३ मोडलको स्कुटरको खरिदमा क्रमशः ७ हजार ६८२, ५ हजार ९६७ र ४ हजार ९८८ को ईएमआई भर्नु पर्नेछ । 
कम्पनीका अनुसार रे जेडआर स्ट्रीट र्याली १२५ एक्स कनेक्ट मोडलको स्कुटर खरिद गर्न चाहनेहरूले १८ महिने, २४ महिने र ३० महिने योजना गरी प्रतिमहिना १० हजार १२८ ,७ हजार ८६६ र ६ हजार ५७६ रुपैयाँको ईएमआई भर्नु पर्नेछ ।

Logo