पश्चिमी अफ्रिकाको एङ्गोलामा भेटियो गुलाबी रंगको हीरा

पश्चिमी अफ्रिकाको एङ्गोलामा भेटियो गुलाबी रंगको हीरा


मध्ये पश्चिमी अफ्रिकाको एङ्गोलामा गुलाबी रंगको हीरा फेला परेको छ । 

भेटिएको सो हीरा १७० क्यारेटको र ३ सय वर्षमा खोजिएको मध्ये सबैभन्दा ठुलो हो । लुलो खानीमा उत्खन्नका बेला भेटिएका कारण सो हिराको नाम ‘लुलो रोज’ राखिएको छ । 

हाल यो हीरालाई शुद्धिकरण गरेर छुटयाईएको छैन । यो हीराको खोजी अस्ट्रेलियन कंपनीहरुले गरेका थिए । 
लुलो हीरा टाइप २ ए अर्थात प्राकृतिक र अत्यधिक शुद्ध र दुर्लभ हीराको रुपमा हेरिएको छ । यो हीराको खोज पश्चात अस्टे«लियन कंपनी र एङ्गोलाका नागरिकहरु निकै खुसी भएका छन् । 

एङ्गोलाका मिनरल रिसोर्स मन्त्री दियामंतीनो अजेवेदोका अनुसार सो हीरा अन्तराष्ट्रिय बजारमा टेंडर जारी गरेर बिक्रि गरिनेछ । सन् २०१७ मा भेटिएको ५९.६ क्यारेटको हीरा हंगकंङमा ७१.२ मिलियन डलर्स अर्थात ५ अरब ६४ लाखमा बिक्रि भएको थियो
 

Logo