चन्द्रागिरीको केबलकार शतप्रतिशत सुरक्षित छः चन्द्र ढकाल

चन्द्रागिरीको केबलकार शतप्रतिशत सुरक्षित छः चन्द्र ढकाल


चन्द्रागिरी केबलकार व्यवस्थापन समितिले चन्द्रागिरीको केबलकार शतप्रतिशत सुरक्षित रहेको बताएको छ । शुक्रवार पत्रकार सम्मेलन गरेर समितिले केबलकार शतप्रतिशत सुरक्षित रहेको बताएको हो ।

पत्रकार सम्मेलनमा समितिका अध्यक्ष चन्द्र ढकालले पछिल्लो समय केबलकारको बारेमा सञ्चारमाध्यमहरुमा विभिन्न नराम्रा समाचार प्रकाशित भएको भन्दै चन्द्रागिरीको केबलकार शतप्रतिशत सुरक्षित रहेकाले चढ्न हिच्किचाउनु नपर्ने बताए ।

केही समयअघि मात्र राष्ट्रिय सभाका अध्यक्ष गेणेशप्रसाद तिमिल्सिना केबलकार चढ्दा रोकिएपछि सञ्चारमाध्यममा चन्द्रागिरी केबलकारको बारेमा नराम्रा समाचार प्रकाशित भएकोप्रति आफ्नो ध्यान गएको उनको भनाइ छ ।

आमनागरिकलाई केबलकारको बारेमा वास्तविक जानकारी र सूचना दिन नसक्दा यो समस्या आएको उनको बुझाइ छ । केबलकारमा समस्या आउने तर ती समस्या तत्काल समाधान हुने बताउँदै अध्यक्ष ढकालले बत्ती जाँदा केबलकार रोकिनसक्ने, रोकिएमा जेनेटरको प्रयोग गरिने र जेनेटर पनि बिग्रिए आपत्कालीन इन्ड्राइभरमार्फत यात्रुलाई गन्तव्यमा ल्याउने जानकारी दिए ।

अध्यक्ष ढकालले केबलकार रोकिँदा सिरानमा रहेका यात्रुलाई बस्न चाहे रिसोर्टको व्यवस्था रहेको र नबस्ने भए पनि गाडीमार्फत तलसम्म ल्याउने व्यवस्था गरिएको बताउदै ढकालले केबलकार भनेको विश्वकै बेस्ट टेक्नोलोजी भएकोले ढुक्क भएर यात्रा गर्न आग्रह गरे ।

केबलकारमा कुनै पनि हिसावले सुरक्षामा कन्जुस्याईं नगरिएको उनको भनाइ थियो । अध्यक्ष ढकालले नेपालमा केबलकारको कुनै पनि घटना हुनु भनेको विश्वको २० हजार र विश्वमा केबलकार उद्योगमा नै प्रश्न उठ्ने कुरा भएको हुँदा सुरक्षामा हेलचेक्राईं नरहेको स्पष्ट पारे ।

अध्यक्ष ढकालले भने, ‘केबलकार भनेको विश्वकै बेस्ट टेक्नोलोजी हो । यसमा कुनैपनि हिसावले सेफ्टीको हिसावले कुनैपनि कुराको कन्जुस्याईं गरिएको छैन । नेपालमा केबलकारको कुनैपनि घटना हुनु भनेको विश्वको २० हजार र विश्वमा केबलकार उद्योगमा नै इस्यू आउने हुनाले कुनैपनि हिसावले सुरक्षामा कम्परमाइज गरेको छैन । यो शतप्रतिशत सुरक्षित छ । केबुलकार अप्रेशन तीन चरणबाट चल्ने हुन्छ । एउटा इलेक्ट्रीसिटीबाट, जेनेटरबाट र इमर्जेन्सी ड्राइभबाट हामीले सुरक्षित गन्तव्यमा पु¥याउने गर्दछौँ । हामी तीन वटा सिस्टमबाट गन्तव्यमा पु¥याउन सक्छौँ । हामीले इन्टेशनल्ली केबलकार चढीरहेको बेलामा बत्ती जाँदा के हुन्छ भनेर बन्द गरेर पनि देखायौँ । अहिले केही समयअघि मात्रै राष्ट्रिय सभाका अध्यक्ष चढेको बेलामा रोकिएको थियो । तर केही समयमै यो समस्या समाधान हुन्छ । यदी माथि भएका मानिसलाई के गर्ने भन्ने कुरा आउनसक्छ । माथि भएकालाई बस्न रिसोर्ट छ, खाने व्यवस्था छ, माथिबाट गाडीको एक्सेस पनि छ ।’

सामान्यतयाः विद्युत आपुर्ति बन्द भएको अवस्थामा, पानी,चट्याङ परेको अवस्थामा केवलकार कहिलेकाहीँ अचानक बन्द हुनेगर्छ । चन्दागिरीमा अहिले ३८ ओटा गण्डोला सञ्चालनमा छन् ।

भालेश्वर महादेवको दर्शन गर्न, घुम्न र चन्दागिरीबाट काठमााडौं उपत्यका नियाल्न दैनिक हजारौँ मानिस चन्द्रागिरी पुग्ने गर्दछन् । 

Logo