४ जेठ २०७९ बुधबार
1
1
1
1

विद्युतीय बस सञ्चालनका लागि सरकारले साझालाई ३ अर्ब दिने

1
1
1
1
1
1

काठमाडौं,
सरकारले विद्युतीय बस सञ्चालनका लागि साझा यातायात प्रालिलाई ३ अर्ब दिने निर्णय गरेको छ।

बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले विद्युतीय बस सञ्चालनका लागि साझा यातायातलाई ३ अर्ब रुपैयाँ शेयर लगानी गर्ने निर्णय भएको बताए । ‘३ सय थान बस खरिद गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत साझा यातायात सहकारी संस्था लिमिटेडलाई ३ अर्ब रुपैयाँ नेपाल सरकारको शेयर लगानीको रुपमा उपलब्ध गराउने निर्णय गरिएको छ’, उनले सुनाए ।

सरकारले आफैं सञ्चालन गर्न नसक्ने भएकाले सुलभ, सस्तो र आधुनिक खालको सार्वजनिक यातायातको विकास गर्नका लागि साझा यातायातलाई शेयर लगानी गरिएको उनको भनाई छ। यस्तै मन्त्रिपरिषद् बैठकले गैरकानुनी रुपमा नेपाल बसिरहेका ५ जना श्रीलंकन नागरिकलाई २ लाख ५० जरिवाना र ३७ हजार ३८० डलर मिनाहा गरी देशनिकाला गर्ने निर्णयसमेत गरेको छ।

प्रकाशित: ३ साउन २०७६ ०५:५८ शुक्रबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी