पठाओको ट्याक्सी सेवा तेस्रो वर्षमा प्रवेश, नि:शुल्क ट्याक्सी चढ्न पाइने

पठाओको ट्याक्सी सेवा तेस्रो वर्षमा प्रवेश, नि:शुल्क ट्याक्सी चढ्न पाइने


पठाओ कार लाइट (ट्याक्सी) सेवा तेस्रो वर्षमा प्रवेश गरेको छ । 

सो उपलक्षमा पठाओ नेपालले नि:शुल्क ट्याक्सी चढ्न पाइनेसम्मका योजना सार्वजनिक गरेको छ । कार लाइट तेस्रो वार्षिकोत्सवका दिन अगस्ट ९ को दिन ३ बजेदेखि ३ मिनेटसम्म पठाओ एप प्रयोग गरी बुकिङ गरिएका सबै ट्याक्सी राइड नि:शुल्क हुने प्रवन्ध निर्देशक असिममान सिंह बस्न्यातले जानकारी दिए ।

जसमा सेवाग्राहीले कुनै शुल्क तिर्नुपर्दैन, सो रकम पठाओ नेपालले ट्याक्सी चालकलाई भुक्तानी गर्नेछ । साथै अगस्ट १ देखि अगस्ट ९ भित्र ’तीनछक्क पर्ने योजना’ अन्तर्गत तीन जना क्याप्टेन (ट्याक्सी चालक) ले राइडको समयमा तीन जना प्रसिद्ध सेलिब्रेटीको हातबाट आकर्षक धनराशिका साथै उपहारहरू पाउने व्यवस्था गरिएको छ ।

कार लाइट सेवालाई नेपालमा लोकप्रिय बनाउन मद्दत गर्ने क्याप्टेन र सेवाग्राहीको अमूल्य योगदानको पहिचान गर्दै यो योजना ल्याइएको बस्न्यातले बताए । गेटदेखि गेटसम्म सेवा रहेको पठाओको एपमा नै भाडा देखिने भएकाले बार्गेनिङको झन्झट नभएकाले पठाओ ट्याक्सी सहज र लोकप्रिय बनेको छ ।
पछिल्लो समय पठाओ ट्याक्सीको प्रयोगकर्ता बढेसँगै पठाओमा आवद्ध हुने ट्याक्सीको सङ्ख्या पनि बढेको छ ।

सन् २०१९ अगस्ट ९ मा पठाओले  शुरू गरेको ‘कार लाइट’मा हाल करिब ९ हजार ट्याक्सी आवद्ध छन् । नेपालमा सन् २०१८ को सेप्टेम्बरदेखि बाइक राइड सेयरिङ मार्फत नेपालमा सेवा सुरू गरेको ट्याक्सी सेवासँगै पठाओले पठाओ बजार, पठाओ फुड, पठाओ लोकल  समेत सञ्चालनमा ल्याएको छ ।

Logo