२ दशमलव ८१ अंकले घट्यो सेयर बजार, ३ अर्ब २९ करोडको कारोबार

२ दशमलव ८१ अंकले घट्यो सेयर बजार, ३ अर्ब २९ करोडको कारोबार


कारोबार हुने साताको तेस्रो दिन मंगलवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ ।

सोमवार १ दशमलव १५ अंकले बढेको बजार आज २ दशमलव ८१ अंकले घटेर २ हजार १९३ दशमलव ४३ विन्दुमा वन्द भएको हो । 
मंगलवार २१७ वटा धितोपत्रका ७८ लाख १३ हजार कित्ता सेयर ३ अर्ब २९ करोड ३२ लाख रुपैयाँमा खरीद विक्री भएको नेप्सेले जनाएको छ । 
मंगलवार १३ वटा समूहमध्ये ६ वटा समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ ।  सबैभन्दा बढि व्यापार समूहको परिसूचक १ दशमलव ६९ प्रतिशतले बढेको हो । 

त्यस्तै, ३ वटा कम्पनीका सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने कारोबार रकममा सबैभन्दा बढी आज पनि शिवम् सिमेन्टको २९ करोड ३२ लाख भन्दा बढीको सेयर कारोबार भयो ।

Logo