गल्फ लुब्रिकेन्टको डिलर मिट कार्यक्रम सम्पन्न

गल्फ लुब्रिकेन्टको डिलर मिट कार्यक्रम सम्पन्न


गल्फ लुब्रिकेन्टको  डिलर मिट कार्यक्रम सम्पन्न भएको छ । नेपालमा ३८ वर्षको गौरबमय यात्रा बोकेको विश्व प्रख्यात र सबैभन्दा सर्वाधिक बिक्री हुने ब्रान्ड गल्फ लुब्रिकेन्टको उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेडले हालै डिलर मिट कार्यक्रम सम्पन्न गरेको हो ।

दुई दिन सम्म चलेको कार्यक्रममा नेपालभरी रहेका ५०  भन्दा धेरै डिलर, गल्फ आयलइन्टरनेशनल,गल्फ आयल इंडियारनेपाल ल्युब आयल लिमिटेडका  प्रतिनिधिहरुको सहभागि थिए । कार्यक्रममा विभिन्न बिधाका सर्वोत्कृष्ट डिलरहरुलाई  सम्मान पनि  गरिएको थियो ।

कार्यक्रममा बोल्दै नेपाल ल्युब आयल लिमिटेडकाकार्यकारी निर्देशक करण चौधरीले भने, ‘विगत केही वर्षदेखि बाह्य कारणले गर्दा व्यवसायहरूले एक वा अर्को समस्याको सामना गर्दै आएका छन् , यो चुनौतीपूर्ण समयमा पनि हाम्रा डिलरहरूको अथक प्रयास र, नविनताको कारण हामी नेपालकै सर्वाधिक बिक्रिहुने ब्रान्ड भैराखेका छौ । म हाम्रा सबै डिलरहरु र टिमको  प्रयास लागि आभारी छु जसले यो सम्भव बनाएको छ । फ्युल रिटेल र लुब्रिकेन्टको क्षेत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउछ ।’

Logo