हन्टर ३५० लाई टक्कर दिने होन्डा नयाँ बाइकको टिजर सार्वजनिक

हन्टर ३५० लाई टक्कर दिने होन्डा नयाँ बाइकको टिजर सार्वजनिक


होन्डा बिगविङले रोयल इन्फिल्डको हन्टर ३५० लाई कडा टक्कर दिने होन्डा नयाँ बाइकको टिजर सार्वजनिक गरेको छ । 

यो बाइक अगस्ट ८ मा लन्च हुनेछ भने त्यसको १ दिन अगाडि हन्टर बाइक लन्च गर्ने योजनामा छ । होन्डाले टिजरमा सो मोडलको पूर्ण जानकारी दिएको छैन । तर यो अर्बन बाइकको लाइट भर्सन हुने अनुमान गरिएको छ । यसमा एडजेस्टेबल विन्डस्क्रिन, एलईडी लाइट, किलेस इग्निसन, डिजी–एनालग, इन्स्ट्रयुमेन्ट क्लस्टर, यूएसबी चार्जर र १७ इन्चको अलोय ह्विल हुने अपेक्षा गरिएको छ ।

होन्डाले आफ्नो नयाँ बाइकमा रोयल इन्फिल्डसँग प्रतिस्पर्धा गर्न सक्ने ३५० सीसीको उत्कृष्ट इन्जिन दिने अपेक्षा गरिएको छ । रोयल एनफिल्ड हन्टर ३५० मा भने ३४९ सीसी सिंगल सिलिन्डर एयरकुल्ड इन्जिन हुनेछ, जसले २०.२ बीएचपी पावर र २७ एनएम टर्क जेनेरेट गर्छ । सार्वजनिक टिजरमा “फास्टर एस्कलरेशन“ ट्याग पनि उल्लेख गरिएको छ, जसले हल्का र कम रोलिङ प्रतिरोधका साथ राम्रो प्रदर्शन गर्न सक्छ भन्ने संकेत गर्छ ।

Skip This
Logo