सुनको मूल्य ८०० रुपैयाँ बढ्यो

सुनको मूल्य ८०० रुपैयाँ बढ्यो


स्थानीय बजारमा आज (बिहीबार) सुनको मूल्य ९६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । 

गत कारोबार दिनको तुलनामा सुनको मूल्य प्रतितोला ८०० रुपैयाँ वृद्धि भएर ९६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको हो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने स्थिर रहेको छ । गत कारोबार दिन चाँदी प्रतितोला एक हजार २१० रुपैयाँमा कारोबार भएको थियो । 

Logo