बेँसीशहर- चामे सडक अवरुद्ध

बेँसीशहर- चामे सडक अवरुद्ध


पहिरोले  बिजुलीको पोल ढल्दा  बेँसीशहर चामे सडक अवरुद्ध भएको छ । मर्स्याङ्दी गाउँपालिका – ४ रामबजारमा बिहीबार बिहान सवा ११ बजेदेखि सडक अवरुद्ध भएको डुम्रे बेँसीशहर चामे  सडक योजनाका कार्यालयका प्रमुख अच्युतविलास पन्तले  जानकारी दिए ।

सडक माथिबाट पहिरो खसेको र पहिरोले सडकमा रहेको बिजुलीको पोल ढलेकाले सडक अवरुद्ध भएको हो  ।

सडक अबरुद्ध हुँदा बेसिशहरबाट मनाङतर्फ जाँदै गरेका सवारी  बेसिशहरतर्फ र मनाङबाट बेसिशहर आउदै गरेका सवारीसाधन मनाङतर्फ नै रोकिएका छ्न ।  

Logo