किन घटेन पेट्रोलियम पदार्थको मूल्य ?

किन घटेन पेट्रोलियम पदार्थको मूल्य ?


अचाक्ली महंगी बढेपछि जनताहरु महंगीबाट राहत मागिरहेका छन् ।

दैनिक भान्छामा प्रयोग हुने सामानको मूल्य बढाउने मुख्य कारण पेट्रोलियम पदार्थ पनि हो । किनकी हरेक बस्तु तथा सेवाको ढुवानीका लागि पेट्रोलियम पदार्थमा भएको मुल्यबृद्धि कारक छ । पछिल्लो समय विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको छ भने भारतले नेपाललाई उपलब्ध गराउने मूल्य पनि निकै घटेको छ । तर सरकार आयल निगमको घाटा देखाउँदै पेट्रोलियमको मूल्य घटाउन तयार छैन ।

आइओसीले १ अगष्टमा पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर १६ दशमलव ८० रुपैयाँ र डिजेल तथा मट्टीतेलमा १२ दशमलव ४५ रुपैयाँले घटाएको छ ।  अगष्ट १ को मूल्यको आधारमा हेर्ने हो भने निगमलाई प्रतिलिटर पेट्रोलमा २ रुपैँया नाफा छ । यति हुँदाहुँदै निगमले हाल उपभोक्तालाई पेट्रोल प्रतिलिटर १८१ तथा डिजेल र मट्टीतेल १७२ रुपैयाँ प्रतिलिटरमा बिक्री गर्दै आएको छ ।  

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य प्रब्यिारेल १२३ अमेरिकी डलरबाट घटेर हाल १०३ डलरमा झरेको छ । यसैका आधारमा आईओसीले पनि निगमलाई पछिल्लो एक महिनामा दूईपटक भाउ घटाएर पठाएको हो । तर निगमले आर्थिक वर्ष २०७८/८९ सम्म निगमलाई करिब ५० अर्ब घाटा हुने देखिएको र हालसम्म आईओसीलाई २२ अर्ब ४० करोड तिर्न बाँकी रहेको भन्दै मुल्य घटाउन असमर्थ बताउने गरेको छ ।

निगमका अनुसार हाल आइओसीलाई १४ अर्ब रुपैँया अझै तिर्न बाँकी रहेको छ । भारतले पठाएको नयाँ मूल्यअनुसार निगमलाई पेट्रोलमा नाफा हुने भएकाले निगमको घाटामा सुधार आउने देखिन्छ । आइओसीले हरेक १५ दिनमा आयल निगमलाई नयाँ निर्धारित मूल्य पठाउने गर्छ । त्यसकै आधारमा निगमले उपभोक्ता मूल्य तोक्ने गर्छ । जुन स्वचालित मुल्य हो ।       

नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षण अनुसार अहिले बजारमा १४ प्रतिशतले मूल्यवृद्धि छ । यसका साथै आगामी ३ महिना अर्थात दशैं तिहारमा पनि मूल्यवृद्धि १४दशमलव २ प्रतिशत हुने अनुमान छ । नेपालले भारतसँग हाल बिक्री मुल्य भन्दा एकतिहाई कम मुल्यमा पेट्रोलियम पदार्थको खरिद गर्ने भएतापनि मुलकभित्र बिभिन्न शिर्षकमा थोपरिएको करका कारण निगमलाई सँधै घाटामा देखाउने गरिएको छ ।

यसरी हेर्दा गलत सरकारी निति नै बर्तमान मुल्यबृद्धिको कारण हो । बिदेशी मंहगा गाडीमा मंहगो कर थोपरेर जनताको ढाड सेक्न लागि परेको सरकारले यसको बिकल्पमा बिधुतिय सवारीलाई प्रवद्र्धन गर्ने गरी निति तथा कार्यक्रममा जोड दिनु जरुरी भैसकेको छ ।

Logo