आँधिखोला लघुवित्तले बढायो मुनाफा

आँधिखोला लघुवित्तले बढायो मुनाफा


आँधिखोला लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिमा संस्थाको खुद नाफा ११.०१५ ले बढेर ४ करोड ५५ लाख ७८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यसले ४ करोड १० लाख ५७ हजार रुपैयाँ नाफा कमाएको थियो । यसको खुद ब्याज आम्दानी सामान्य बढेको छ ।

सञ्चालन नाफा भने ३५५ ले बढेको छ । खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै वृद्धि हुँदा यसको सकारात्मक प्रभाव खुद मुनाफामा परेको हो । यो लघुवित्तले १ करोड १६ लाख १८ हजार रुपैयाँ राइट ब्याक गरेको छ जुन अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा ४६२५ ले धेरै हो । राइट ब्याकले पनि यसको नाफा बढ्न सहयोग गरेको छ ।

असार मसान्तसम्म आइपुग्दा आँधिखोलाको रिजर्भ कोष ३४.९५५ ले बढेको छ । यसको रिजर्भमा १० करोड ८२ लाख ४ हजार रुपैयाँ जम्मा भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रिजर्भमा ८ करोड १ लाख ८१ हजार रुपैयाँ जम्मा भएको थियो । यसको कस्ट अफ फन्ड भने बढेको छ । प्रतिसेयर आम्दानी ४५ रुपैयाँ ५८ पैसा रहेको यसको प्रतिसेयर नेटवर्थ भने २०८ रुपैयाँ २० पैसा छ ।

Logo