बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य


नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोलामा ७ सय रुपैयाँले बढेर ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

बिहिबार छापावाल सुन प्रतितोला ९६ हजार १ सय रुपैयाँ कायम थियो । तेजाबी सुन प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदी प्रतितोलामा १० रुपैयाँले बढेर १२ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Logo