२४ साउन २०७९ मंगलबार
1
1
1
1

फक्सवागनले ल्याएको छ 'मनसुन एक्सचेन्ज अफर'

1
1
1
1
1

नेपालको लागि फक्सवागनको आधिकारिक बिक्रेता पूजा इन्टरनेसनल नेपाल प्रालिले यही साउन २० गते देखि सुरू हुने गरी "फक्सवागन मनसुन एक्सचेन्ज"  योजना ल्याएको छ। 


आफुसंग भएको पुरानो गाडीलाई साटेर नयाँ गाडी खरिद गर्न चाहने ग्राहकहरुका लागि हिजो शुक्रबारदेखि लागु हुने गरी देशव्यापी रूपमा एक्सचेन्ज अफर सुरू गर्न लागेको हो।


सो एक्सचेन्ज योजनामा ग्राहकहरुले आफ्नो कुनै पनि ब्रान्डको पुरानो गाडी साटेर जर्मन प्रविधिबाट निर्मित फक्सवागनका नयाँ गाडी घर लैजान पाउनेछन्। अपग्रेडको खोजीमा रहेका फक्सवागनका पुराना ग्राहकहरुले समेत आफ्नो पुरानो फक्सवागन गाडीको सट्टा नयाँ गाडीको साथमा थप सुविधाहरू समेत पाउने कम्पनीले जनाएको छ।

यसका साथै, योजना अवधिभर ग्राहकहरुले विभिन्न अतिरिक्त सुविधाहरु पनि प्राप्त गर्न सक्नेछन्। सहज फाइनान्सको सुविधाको साथमा ४८ घण्टाको 


सबै भन्दा राम्रो एक्सचेन्ज मूल्याङ्कन प्रधान गरिने छ (सो मूल्याङ्कन ४८ घण्टाको लागि मात्र मान्य हुनेछ)। साथै ५० हजार सम्मका एक्सेसरिजहरू, फक्सवागनका ग्राहकलाई विशेष लोयल्टी बोनस, लगायतका सेवाहरु प्रदान गरिने कम्पनीले जनाएको छ।

यसका साथै कम्पनीले एक रोमाञ्चक अफर पनि घोषणा गरेको छ जस अनुसार नेपालभर रहेका फक्सवागनका कुनै पनि शोरुममा आउने ग्राहकहरू मध्येबाट भाग्यशाली विजेताले लक्जरी रिसोर्टमा स्टेकेसन जित्न सक्नेछन्।

हाल नेपालमा फक्सवागनका पोलो, भेन्टो, टाइगुन र अलस्पेस भेरियन्टहरू देशभर रहेका फक्सवागनका शोरूमहरूमा उपलब्ध छन्। फक्सवागनको गाडीहरू १ वर्ष वा १५,००० किलोमिटरमा सर्भिसिङ गर्दा हुने भएकाले ग्राहकहरुको समय बचाउन मद्दत गर्दछ, २ वर्षको अनलिमिटेड केएम वारेन्टीर प्रत्येक कारमा ३ वर्षको पेन्ट वारेन्टी उपलब्ध गराउने गरेको छ। नेपालभर फक्सवागनका १० वटा शोरुम र ९ वटा सर्भिस सेन्टर सञ्चालनमा छन्। 

अर्थ संसार

प्रकाशित: २१ साउन २०७९ ०९:४८ शनिबार

केन्द्रबिन्दु अपडेट
1
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी