१ लाख ५० हजार छुट सहित सुजुकी ब्रेजा उपलब्ध, यस्तो छ मुल्यसूची

१ लाख ५० हजार छुट सहित सुजुकी ब्रेजा उपलब्ध, यस्तो छ मुल्यसूची


नेपाली बजारमा उपलब्ध सुजुकीका विभिन्न मोडल मध्ये इको कार्गोमा ५० हजार र इको ५ सिटर र ७ सिटरमा ७५ हजार रुपैयाँ छुट उपलब्ध छ । त्यसैगरी अल्टो एलएक्सआईमा ७५ हजार र एस–प्रेसो तथा सेलेरियोमा ९० हजार रुपैयाँ छुट उपलब्ध हुन्छ ।

सुजुकीको नेपालमा भएका कार मध्ये सबैभन्दा लोकप्रिय कार हो भिटारा ब्रेजा । 

भिटारा ब्रेजा भीएक्सआई, जेडएक्सआई प्लस र जेडएक्सआई प्लस ड्युअल गरी तीन भेरिएन्टमा उपलब्ध छ । 

यी तीन भेरिएन्टको मूल्य क्रमश: ४३ लाख ९९ हजार, ४८ लाख ९९ हजार र ४९ लाख ९९ हजार रुपैयाँ छ ।

देशभर रहेका विभिन्न डिलरहरुले ग्राहकलाई यी गाडी खरिद गर्दा १ लाख ५० हजार रुपैयाँ सम्म छुट दिने गरेका छन् । सुजुकीका अन्य मोडलका गाडीमा पनि त्यही अनुसारको छुट उपलब्ध हुन्छ ।

नेपाली बजारमा उपलब्ध सुजुकीका गाडी र तिनको मूल्य सूची :

Logo