१९औं डाबर वाटिका तीज फेस्टिवल-श्रृजनशील उद्यमी मेला-२०७९ आयोजना हुने

१९औं डाबर वाटिका तीज फेस्टिवल-श्रृजनशील उद्यमी मेला-२०७९ आयोजना हुने


नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा १९औं डाबर वाटिका तीज फेस्टिवल-श्रृजनशील उद्यमी मेला-२०७९ आयोजना हुने भएको छ । 

महिला श्रृजनशील केन्द्रको आयोजना तथा राईजिङ्ग नेपाल प्रालि (इन्भेष्टमेन्ट संसार डट कम) को व्यवस्थापनमा यहि श्रावण २७ देखि ३१ गते सम्म मेला आयोजना हुने भएको हो । यस मेलालाई डाबर नेपालको डाबर वाटिका स्याम्पुले मुख्य प्रायोजन गरेको छ भने कान्तिपुर पब्लिकेशनको नारी म्यागजिनले मुख्य सह-प्रायोजन गरेको छ ।

सो ५ दिने मेला वल्र्ड टे«ड सेन्टरको चौथो तल्ला डिइसीसी, त्रिपुरेश्वरमा आयोजना हुन लागेको हो । श्रृजनशील महिला दिदीबहिनीहरुलाई सीप र दक्षताको अभिवृद्घि गराई उद्यमशिलता तथा स्वरोजगार तर्फ प्रेरित गर्दै महिला दिदीबहिनीहरुलाई आर्थिक रुपमा सबल बनाई प्रविधिमैत्री वातारवण सिर्जना गरी एक सफल उद्यमी बनाउने लक्ष्यका साथ विगत १९ वर्ष देखि श्रृजनशील उद्यमी मेलाको आयोजना हुदै आएको हो । विशेषत: अशिक्षित, भेदभाव तथा अवसरबाट वञ्चित महिला समुदायहरुलाई सीप सिकाई उनिहरुको सिर्जना तथा उत्पादनलाई बजारिकरण गर्न यस मेलालाई अवसरको रुपमा लिन सकिन्छ ।

आजको समयमा पनि धेरै महिला दिदीबहिनीहरु नेपाली समाजको पुरानो तथा रुढीवादी सोच र परम्परामा ग्रसित तथा पुरुषवादी चिन्तनमा रुमलिएको अवस्थामा यस संस्थाद्वारा संचालित सामाजिक, आर्थिक, शैक्षिक, राजनैतिक, प्रशासनिक लगायत सम्पूर्ण क्षेत्रमा पहुँच पुर्‍याउने विभिन्न किसिमका मेला, गोष्ठी, सेमिनार, तालिम तथा कार्यक्रमहरुको फलस्वरुप ७०० भन्दा बढी दिदीबहिनीहरु स्वरोजगार भई काम गर्न सफल भईसकेका छन् । यस पटक हुने वृहत् मेलामा १०० भन्दा बढी स्टलहरु रहने आयोजकले जनाएको छ । साथै २५००० भन्दा बढी आगन्तुकले अवलोकन गर्ने अपेक्षा गरिएको राइजिङ्ग नेपाल प्रालिका प्रमुख पशुपति केसीले बताए ।

यस मेलाको मुख्य आर्कषणको रुपमा घरेलु तथा हस्तकलाका सामग्रीहरुको प्रर्दशनी, तीज विशेष खानाका परिकारहरु, महिला उद्यमशिलता र वित्तिय पहुँच सम्बन्धी अन्र्तक्रिया कार्यक्रम, निशुल्क स्वास्थ्य शिविर, फोटो सुट, मेहेन्दी आर्ट, हात खालि नजाने विशेष उपहारहरु राखिएको महिला श्रृजनशील केन्द्रकी प्रमुख मिलु थापाले जानकारी दिइन् । यस मेलामा काठमाडौं महानगरपालिका, किर्तिपुर नगरपालिका साथै चन्द्रागिरी नगरपालिको सहयोगमा केहि स्टलहरु रहनेछन् ।  साथै आयोजकद्धारा १० भन्दा बढि स्टल असहाय, अशक्त, अपाङ्ग र ग्रामिण क्षेत्रका पिछडिएका महिलाहरुलाई निशुल्क प्रदान गरिएको छ ।

Logo