माया मेट्रो अस्पतालबाट सेवा लिने ग्लोबल बैंकका ग्राहकलाई अब १५ प्रतिशतसम्म छुट

माया मेट्रो अस्पतालबाट सेवा लिने ग्लोबल बैंकका ग्राहकलाई अब १५ प्रतिशतसम्म छुट


ग्लोबल आइएमई बैंक र धनगढीको माया मेट्रो अस्पतालबीच सम्झौता भएको छ । सम्झौता अनुसार ग्लोबल आइएमई बैंकका खातावाल ग्राहक तथा कर्मचारीहरुले माया मेट्रो अस्पतालका सेवाहरुमा १५ प्रतिशत सम्म छुट पाउने छन् ।

माया मेट्रो अस्पतालमा छुट प्राप्त गर्न बैंकका ग्राहकहरुले बैंकको डेबिट÷क्रेडिट÷प्रिभिलेज कार्ड वा बैंकको परिचय पत्र पेश गर्नु पर्नेछ । आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न अस्पलातहरुसँग यस्ता सम्झौताहरु गर्दै आएको छ ।

देशभरका ७७ वटै जिल्लामा २८९ शाखा रहेको नेपालको पहिलो निजी क्षेत्रको यस बैंकले २६५ एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५२ एक्सटेन्सनतथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ८८१ भन्दा बढि सेवा केन्द्रबाट ३० लाखभन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ । 

Logo