सेयर बजार ५ दशमलव ९१ अंकले घट्यो , १ अर्ब ९३ करोडको कारोबार

सेयर बजार ५ दशमलव ९१ अंकले घट्यो , १ अर्ब ९३ करोडको कारोबार


कारोबार हुने साताको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकल घटेको छ । केही दिन यता घट्दै आएको बजार मंगलबार पनि ४५ दशमलव ५६ अंकले घटेको थियो भने बुधबार ५ दशमलव ९१ अंकले घटेर २ हजार ५६ विन्दुमा झरेको हो ।

बुधबार २१८ वटा धितोपत्रका ५६ लाख ४० हजार कित्ता सेयर १ अर्ब ९३ करोड ५५ लाख रुपैयाँमा खरीद विक्री भएको नेप्सेले जनाएको छ । 
बुधबार १३ वटै समूहहमध्ये २ वटा समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ सबैभन्दा बढी व्यापार समूहको १ दशकलव ४९ प्रतिशतले घटेको हो । 

त्यस्तै, हिमालयन हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने कारोबार रकममा सबैभन्दा बढी नागरिक लगानी कोषको  १० करोड ६८ लाखभन्दा बढीको सेयर कारोबार भयो । 

Logo