१२ असोज २०७९ बुधबार
1
1
1
1

सुरक्षा लुब्रिकेन्टको डिलर मिट विराटनगरमा सम्पन्न, उत्कृष्ट डिलर पुरस्कृत

1
1
1
1

नेपालमै उत्पादित लुब्र्रिकेन्ट ‘सुरक्षा लुब्रिकेन्ट’ को डिलर मिट विराटनगरमा सम्पन्न भएको छ । 

मोरङको विराटचोकस्थित नेपालीरिका होटलमा सम्पन्न सो डिलर मिटमा देशभरका डिलरहरुको सहभागिता रहेको थियो । सुरक्षा लुब्रिकेन्ट प्रालिका प्रबन्ध निर्देशक जयराज भण्डारीको सभापतित्वमा सञ्चालित सो कार्यक्रममा आर्थिक वर्ष २०७८/७९ को उत्कृष्ट डिलरको रुपमा धादिङको गल्छीस्थित न्यु आरबी मेसिनरी बिक्री केन्द्रका प्रोपाइटर रवी पौडेलले ‘‘बेस्ट पर्फमेन्स अफ द इयर’ अवार्ड प्राप्त गरे । त्यसैगरी सुरक्षा लुब्रिकेन्टका मार्केटिङ म्यानेजर उज्वल भण्डारी उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत भए ।

कार्यक्रममा पूर्वाञ्चल ल्युव आयल प्रालिका प्रबन्ध निर्देशक भोलेश्वर दुलाल प्रमुख आतिथि र नाडाका पूर्व अध्यक्ष एवं पूर्वाञ्चल ल्युव आयलका निर्देशक कृष्णप्रसाद दुलाल विशेष अतिथिको रुपमा सहभागी रहेका थिए । सविना बुढाथोकीद्वारा संचालित सो कार्यक्रममा सुरक्षा लुब्रिकेन्ट प्रालिका कार्यकारी निर्देशक फुर्पा लामा तामाङले सहभागीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । आगामी दिनमा सुरक्षा लुब्रिकेन्टलाई कसरी अझै ग्राहकसम्म पुर्‍याउने र यसको गुणस्तरीयता वारेमा जानकारी प्रदान गर्ने भन्ने वारेमा सो अवसरमा छलफल गरिएको मार्केटिङ म्यानेजर अनोज भण्डारीले बताए ।

पूर्वाञ्चल ल्युब आयलद्वारा नेपालमै उत्पादित सुरक्षा लुब्रिकेन्टले सबै रेन्जका लुब्रिकेन्ट उत्पादन गर्दै आएको छ । विशेष गरी हेभी तथा कमर्सियल भेइकल र टु ह्विलर लुब्रिकेन्ट बजारमा सुरक्षा लुब्रिकेन्टको उपस्थिति बढ्दै गएको कम्पनीको भनाइ छ ।

अर्थ संसार

प्रकाशित: २६ साउन २०७९ ११:४१ बिहीबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी