सेयर बजारको ओरालो यात्रा कायमै, कारोबार रकम पनि घट्यो

सेयर बजारको ओरालो यात्रा कायमै, कारोबार रकम पनि घट्यो


कारोबार हुने साताको पाँचौ दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ ।

बुधबार ५ दशमलव ९१ अंकले घटेको बजार बिहीवार १९ दशमलव शून्य ६ अंकले घटेर २ हजार ३७ विन्दुमा झरेको हो । बिहीबार २२३ वटा धितोपत्रका ६२ लाख ९८ हजार कित्ता सेयर १ अर्ब ७६ करोड १० लाख रुपैयाँमा खरीद विक्री भएको नेप्सेले जनाएको छ । बिहीबार १३ वटा समूहमध्ये म्युचुअल फण्ड समूहको परिसूचक शून्य दशमलव ४६ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ सबैभन्दा बढी फाइनान्स समूहको २ दशमलव ३८ प्रतिशतले घटेको हो । 

त्यस्तै, हिमालयन हाइड्रोपावर र अप्पर हेवाखोला हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने कारोबार रकममा सबैभन्दा बढी शिवम् सिमेन्टको  ७ करोड २७ लाखभन्दा बढीको सेयर कारोबार भयो ।
 
 

Logo