नाडा इभी एक्सपो- २०२२ असोज ६ बाट

नाडा इभी एक्सपो- २०२२ असोज ६ बाट


नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालले नाडा इभि एक्सपो २०२२ को आयोजना गर्ने भएको छ । बिहीबार बसेको नाडाको केन्द्रीय कार्य समितिको बैठकले इभि एक्सपो आगामी असोज ६ देखि ९ गतेसम्म गर्ने निर्णय गरेको हो ।

एक्सपो काठमाडौंको भृकुटी मण्डपस्थित प्रदर्शनी हलमा हुने छ । सरकारले कार,जीप र भ्यान आयातमा लगाएको प्रतिबन्ध भदौ १४ गसेसम्म विस्तार गरेपछि असोजमा इभि एक्सपो आयोजना गर्ने निर्णय गरिएको एशोसिएशनले जनाएको छ ।

भदौ १ देखि ५ गतेसम्म स्टल बुकिङ्गका लागि सूचना समेत प्रकाशित गरिने समिति सभापति अनुप बरालले जानकारी दिए । नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतिले सम्बन्धित सबैलाई एक्सपोमा सहभागि हुन आग्रह गरेका छन् । 

Logo