११ असोज २०७९ मंगलबार
1
1
1
1

अझै पेश गरेनन् ६३ स्थानीय तहले वार्षिक बजेट

1
1
1
1

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अझै ६३ वटा स्थानीय तहले चालु आर्थिक वर्ष २०७९-८० को बजेट पेश नगरेको बताएको छ । 

मन्त्रालयका अनुसार कुल ७५३ स्थानीय तहमध्ये हालसम्म ६९० वटाले मात्र चालु आर्थिक वर्षको बजेट पेश गरेका छन् । 

हालसम्म बजेट पेश नगर्ने स्थानीय तहमा प्रदेश - १ का ३, मधेस प्रदेशका ३९, बागमती प्रदेशका ४, लुम्बिनी प्रदेशका १०, कर्णाली प्रदेशका ३ र सुदूरपश्चिम प्रदेशका ४ वटा रहेका छन् । 

गण्डकी प्रदेशका सबै स्थानीय तहले बजेट पेश गरिसकेको मन्त्रालयले जनाएको छ । 

अर्थ संसार

प्रकाशित: २६ साउन २०७९ १८:१९ बिहीबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी