एनएमबीले भित्र्यायो २ करोड ५० लाख अमेरिकी डलर लगानी

एनएमबीले भित्र्यायो २ करोड ५० लाख अमेरिकी डलर लगानी


एनएमबी बैंक लिमिटेडले विश्व बैंक समूहको सदस्य आईएफसीबाट तेश्रो आवधिक कर्जा वापतको २ करोड ५० लाख अमेरिकी डलर लगानी भित्र्याएको छ ।

एनएमबी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी. र इन्टरनेशनल फाइनान्स कर्पोरेशनको दक्षिण एशिया क्षेत्रीय निर्देशक श्री हेक्टर गोमेज आङ्गबीच उक्त समझदारी आदान प्रदान भएको थियो । यो कर्जाले हालको असहज परिवेशमा उत्पादन मुलक क्षेत्रमा कर्जा लगानी बढाउन मद्दत पुग्नेछ ।

एनएमबी बैंक चार बर्षको अवधिमा आईएफसीबाट लगातार तीन पटक कर्जा प्राप्त गर्ने नेपालको एकमात्र बैंक भएको छ । यसरी विस्तार गरिएको क्रेडिट लाइनले कोभिड–१९ का कारण साना तथा मझौला कर्जाको क्षेत्रमा भएको खाडललाई परिपुर्ति गर्न र उक्त क्षेत्रमा नयाँ उद्यमीलाई प्रोत्साहित गर्न सक्षम बनाउने विश्वास सीईओ केसीको छ ।

एनएमबी बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो । एनएमबी बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेको छ ।

एनएमबी बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।
 

Logo