नाडा इभि एक्सपो २०२२ असोज ६ देखि ९ सम्म हुने

नाडा इभि एक्सपो २०२२ असोज ६ देखि ९ सम्म हुने


पहिलो पटक नाडा इभि एक्सपो २०२२ असोज ६ देखि ९ सम्म हुने भएको छ ।  

नाडाका अध्यक्ष धु्रव थापाको अध्यक्षतामा बसेको नाडाको केन्द्रीय कार्य समितिको आठौ बैठकले पहिलो पटक नाडा इभि एक्सपो २०२२ गर्ने निर्णय गरेको हो । उक्त इभि एक्सपो असोज ६ गते देखि ९ गतेसम्म काठमाण्डौको भृकुटी मण्डप प्रदर्शनी हलमा हुन लागेको हो । 

सरकारले कार, जीप र भ्यानको आयातमा लगाएको प्रतिबन्ध २०७९ को भाद्र १४ गतेसम्मको लागि विस्तार गरेपछि नाडाले इभि एक्सपो २०२२ गर्ने निर्णय गरेको हो । नाडाले सन् १९९८ देखि नाडा अटो एक्सपो गर्दे आएको छ । 

जसअनुसार यही भदौ १ गते देखि ५ गतेसम्म स्टल बुकिङ्कका लागि सूचना समेत प्रकाशित गरिने नाडा अटो एक्स्पो समितिका सभापति अनुप बरालले जानकारी दिए । नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतिले सम्बन्धित सवैलाई उक्त एक्सपोमा सहभागिताका लागि अनुरोध गर्दे सवैबाट आवश्यक सहयोगको लागि आग्रह समेत गरेका छन् ।
    
 

Logo