यामाहा एफजेड-एफआई भी-२ अब १ लाख ३० हजार डाउन पेमेन्टमा लिन सकिने

यामाहा एफजेड-एफआई भी-२ अब १ लाख ३० हजार डाउन पेमेन्टमा लिन सकिने


यामाहा एफजेड-एफआई भी २ अब १ लाख ३० हजार डाउन पेमेन्टमा लिन सकिने भएको छ । 

यामाहा नेपालले बहु-सुविधासहितको नयाँ ईएमआई अफर ल्याएर यसका विभिन्न मोडलका बाइक र स्कुटर किन्न सहज बनाएको छ । सेवाग्राहीहरूलाई सहुलियतपूर्ण ईएमआईमा यामाहाको कुनै पनि बाइकरस्कुटर उपलब्ध गराउने उद्देश्यका साथ सो फाइनान्सिङ योजना सञ्चालनमा कम्पनीले ल्याएको नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता, यामाहा नेपालले जनाएको छ । 

यस अफर अन्तर्गत यामाहाको एफजेड–एफआई भी २ मोटरसाइकल किन्नका लागि ४० प्रतिशत रकम अग्रिम भुक्तानी गर्दा १८ महिने, २४ महिने र ३० महिने योजना गरी  क्रमशः रु ११,३१६, रु ८,७८९, र रु ७,३४७ को ईएमआई भुक्तान गर्नु पर्नेछ । यो मोटरसाइकलको मूल्य ३ लाख २३ हजार ९ सय रुपैयाँ छ । 

शुरुमा यो रकमको ४० प्रतिशत अर्थात १ लाख २९ हजार ५६० रुपैयाँ डाउन पेमेन्टको रुपमा बुझाउनु पर्छ । यामाहाको फ्युल इन्जेक्सन सिस्टममा सेन्सर, एक्चुएटर र इन्जिन कन्ट्रोल युनिट ९ईसीयू० हुन्छ । यसमा भएको सेन्सरले टेम्परेचर, एट्मस्फेरिक प्रेसर र इन्जिन कन्डिसनको पहिचान गर्छ । यसका आधारमा ईसीयूले आवश्यक मात्रामा इन्जिनमा इन्धन पठाउछ । 

यसकारण आवश्यकता अनुसार इन्जिन पर्फमेन्स हुन्छ । यामाहाका बाइकको विशेषता नै यही हो । यसमा भएको १४९ सीसी इन्जिनले १३।१ पीएस पावर र १२।८ एनएम टर्क जेनेरेट गर्छ । यो बाइकमा भएको स्टाइलिस र त्यसैगरी स्प्लिट टाइपको आल्मुनियम ह्यान्डल ग्रयाब बारले रिल्याक्स पोजिसनमा बस्न सघाउछ । 

क्लियर भिजन प्रदान गर्नका लागि मल्टी रिफ्लेक्टर हेडलाइट छ भने नयाँ डिजाइन गरिएको मफलरले सुरक्षा प्रदान गर्नुका साथै सडकमा नयाँ पहिचान कायम गर्न समेत सहयोग गर्छ । यो बाइकमा ७ पटक एड्जस्ट गर्न सकिने मोनोक्रस सस्पेन्सन चाहिं वर्ल्ड मोटोक्रस च्याम्पियनसिप स्ट्यान्डर्डको छ । यसले राइडरलाई नयाँ प्रकारको राइडिङ अनुभव प्रदान गर्छ ।

पङचरबाट बचाउने खालको रेडियल टायर यो बाइकमा प्रयोग गरिएको छ । यसको रिममा भएको रेसी स्ट्रिप्सले टायरलाई स्पोर्टी र कुल लुक प्रदान गर्छ । यो बाइकको ग्राउन्ड क्लियरेन्स १६० एमएम छ भने सिटको उचाई ७९० एमएम छ । सो बाइकको फ्युल ट्यांक क्षमता १२ लिटरको रहेको छ ।

Skip This
Logo