अभियान लघुवित्तको आईपीओ सोमबार बाँडफाँट हुने

अभियान लघुवित्तको आईपीओ सोमबार बाँडफाँट हुने


अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन १८ गतेदेखि २२ गतेसम्म सर्बसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) सोमबार बाँडफाँट हुने भएको छ । 

लघुवित्तको शेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालय नक्सालमा सोमबार बिहान ९ बजे सेयर बाँडफाँट हुने बताइएको छ ।
लघुवित्तले निष्कासन गरेको कुल ९ लाख ७५ हजार कित्ता शेयर मध्ये १२ हजार ५०० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । यस्तै ९ लाख १३ हजार ७५० कित्ता सेयर सर्वसाधारणको लागि बाँडफाँट हुनेछ ।

लघुवित्तको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार गोला प्रथाबाट न्यूनतम १० कित्ताको दरले सेयर वितरण हुनेछ ।

Logo