नविल बैंकद्वारा खोकनामा डिजीटल बैंक तथा वित्तीय पहुँच अभिमुखी करण कार्यक्रम सम्पन्न

नविल बैंकद्वारा खोकनामा डिजीटल बैंक तथा वित्तीय पहुँच अभिमुखी करण कार्यक्रम सम्पन्न


नविल बैंकले ललितपुरको खोकनामा डिजीटल बैंक तथा वित्तीय पहुँच अभिमुखी करण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्र विशेषत स्थानीय क्षेत्रको कृषि प्रवर्द्धन, युवा तथा महिला उद्यमशीलता, डिजिटल बैंकिङ तथा वित्तिय साक्षरतामा केन्द्रित रहेको थियो । बैंकले नबिल दिगो बैंकिङको विभिन्न आयामहरु,डिजिटल बैंकिङ, क्यूआर कोड र अन्य सेवा सुबिधाहरुको बारेमा विशेष प्रस्तुती दिएको थियो ।

कार्यक्रममा बोल्दै  नबिल बैंकका वरिष्ठ नायब प्रमुखकार्यकारी अधिकृत सुजितकुमार शाक्यले युवा र महिलाहरुको उद्यमशिलता विकास र रोजगारी सिर्जनामा सहयोग गरि दिगो समाजको निर्माण गर्न नबिल बैंक सधै तत्पर रहेको बताए ।  

त्यस्तै ललितपुर महानगरपालिका २१, खोकनाका वडा अध्यक्ष रबिन्द्रमहर्जनले खोकना वरपर उद्यमशीलता विकास गर्न नबिल बैंक संग हातेमालो गर्ने बताए ।  नबिल बैंक प्रादेशीक प्रमुख रोशन कोइरालाले उद्यमशीलता विकास र वित्तीय पहुँच प्रबर्धनमा नबिल बैंक स्थानीय निकायसँग सहकार्य गर्न सधै तत्पर रहेको बताए ।

कार्यक्रममा ललितपुर महानगरपालिका २१ खोकनाका वडा सदस्यहरू, स्थानीय गुठि, आमा समुह र सहकारीका प्रतिनिधिहरु, स्थानीय बुद्धिजिबी, किसान तथा उद्यमीहरुको उल्लेख्य उपस्थिती रहेको थियो । कार्यक्रममा नबिल बैंक बागमती प्रदेश प्रमुख अमित श्रेष्ठ, फुलचोकी क्लस्टर प्रमुख अमित के.सी., खोकना शाखा प्रबन्धक रोशन न्यौपाने समेत सहभागि थिए ।
 

Logo