जिप कम्पासको एनिभर्सरी भर्सन सार्वजनिक

जिप कम्पासको एनिभर्सरी भर्सन सार्वजनिक


जिप कम्पासको एनिभर्सरी भर्सन सार्वजनिक भएको छ । 

आफ्नो पाँचौं वार्षिकोत्सवको अवसरमा आफ्नो पाँचौं वार्षिकोत्सवको अवसरमा जिप कम्पासको एनिभर्सरी भर्सन सार्वजनिक गरेको हो । सो एसयूभी जिप डिलरशिप वा जिप इन्डियाको आधिकारिक वेबसाइटमा गएर बुक गर्न सकिन्छ । कम्पास एसयूभी पहिलो पटक सन् २०१७ मा लन्च गरिएको थियो । 

नयाँ जिप कम्पासमा फेन्डर फ्लेयर, न्यूट्रल ग्रे रिङसहितको ग्लोस ब्ल्याक ग्रिल र आरभीएममा न्यूट्रल ग्रे एक्सेन्ट ब्याजिङ जस्ता विशेषता देख्न सकिन्छ । साथै ग्रेनाइट क्रिस्टल फिनिस र एक्सेन्ट कलर रूफ रेल तथा ब्ल्याक डेलाइट ओपनिङ मोल्डिङसहितको १८ इन्चको अलोय ह्विल पनि देख्न सकिन्छ । कम्पनीले यसको इन्टेरियर निकै आकर्षक ढंगले डिजाइन गरेको छ ।

यसमा हल्का टंगस्टन एक्सेन्ट स्टिचिङ, ब्ल्याक हेडलाइनर र पियानो ब्ल्याक र एनोडाइज्ड गन मेटल इन्टेरियर एक्सेन्ट्सका साथै लेदर सिट समावेश छ । साथै एसयूभीमा डिमिङ रियर भ्यु इन्टेरियर मिरर पनि छ । यो पेट्रोल र डिजेल इन्जिन दुवै विकल्पमा उपलब्ध छ । यसमा १.४ लिटर मल्टिएयर पेट्रोल इन्जिनले ५५०० आरपीएममा १६१ बीएचपी र २५०० आरपीएममा २५० एनएम टर्क जेनेरेट गर्छ ।

सो इन्जिन अटोमेटिक ट्रान्समिसनमा उपलब्ध छ । यसको २.० लिटर डिजेल इन्जिनले ३७५० आरपीएममा १६८ बीएचपी र १७५० आरपीएममा ३५० एनएमको टर्क टर्क जेनेरेट गर्छ । यसमा ६ स्पिड म्यानुअल ट्रान्समिसन उपलब्ध छ । जिप कम्पासको नयाँ भर्सनको मूल्य २४ लाख ४४ हजार भारु तोकिएको छ ।

Logo