डकहम्स लुब्रिकेन्ट नेपाली बजारमा पुनः लन्च गर्ने तयारी

डकहम्स लुब्रिकेन्ट नेपाली बजारमा पुनः लन्च गर्ने तयारी


विश्वप्रसिद्ध र प्रतिष्ठित लुब्रिकेन्ट ब्रान्ड ‘डकहम्स’ नेपाली बजारमा पुनः लन्च हुने भएको छ । 

नेपालको अग्रणी ट्रेडिङ हाउस ओटेक ट्रेड प्रालिले सो प्रिमियम लुब्रिकेन्ट ब्राण्ड नेपालमा ल्याउने तयारी गरेको हो । ओटेक ट्रेड प्रालिका कार्यकारी निर्देशक विन्यास न्यौपानेले नेपालमा सवारी साधनको माग बढ्दै गैरहेको र सवारी साधनलाई टप कन्डिसनमा राख्नुका साथै बेस्ट कस्टमर स्याटिस्फ्याक्सन डेलिभर गर्ने उच्च गुणस्तरीय लुब्रिकेन्टको माग पनि बढ्दो रहेको बताए ।

उनले भने, 'ग्राहकको यही मागलाई ध्यानमा राखी हामीले डकहम्स लुब्रिकेन्ट नेपालमा भित्र्याएका छौ ।’ डकहम्स १२३ बर्ष पुरानो ब्रिटिस लुब्रिकेन्ट ब्राण्ड हो जुन लुब्रिकेन्ट क्षेत्रमा थुप्रै प्राविधिक विकास-टेक्निकल एड्भान्समेन्ट र इनोभेसनको लागि परिचित छ । नेपाली बजारमा डकहम्स मेकानिक र सवारी साधन प्रेमीहरूद्वारा राम्रोसँग चिनिने ब्रान्ड हो ।

बढ्दो बजार र विश्वस्तरीय लुब्रिकेन्ट ब्रान्डको ग्राहकको मागले नेपाललाई डकहम्स लुब्रिकेन्ट इन्टरनेसनलले प्राथमिक बजारको रुपमा समावेश गरेको बताएको छ । नयाँ आधुनिक लुकसहितको आइकनिक डकहम्स ब्रान्डले आक्रामक नीतिका साथ प्रवेश र उत्कृष्टता प्रदान गर्ने वाचाका साथ नेपाली बजारमा प्रवेश गर्ने तयारी गरेको बताएको छ ।

Skip This
Logo