पहिलो पटक नाडाको इभी एक्सपो : दुई दर्जन बढी ब्रान्ड सहभागी हुँदै

पहिलो पटक नाडाको इभी एक्सपो : दुई दर्जन बढी ब्रान्ड सहभागी हुँदै


नाडा अटोमोवाइल एसोसिएसन अफ नेपालले पहिलो पटक असोज ६ देखी ९ गतेसम्म राजधानीको भृकुटीमण्डपमा इभी एक्सपो आयोजना गर्दै छ ।

२ दर्जन बढी टु ह्विलर एवं फोर ह्विलर ब्रान्डले सहभागीता जनाउने अपेक्षा गरिएको यो एक्सपोलाई इभी पारखीले महत्वका साथ हेरिरहेका छन् । विद्युतिय कार, स्कुटर एवं मोटरसाइकल, थ्रि ह्विलर र कमर्सिय भेइकलले समेत सहभागीता जनाउने नाडाको अनुमान छ ।

हरेक वर्ष फेस्टिवल सिजनलाई उन्मुख पारेर अटो शो आयोजना गर्दै आइरहेको नाडाले यसपटक उक्त शो आयोजना गर्न नसक्ने परिस्थितीपछि पहिलो पटक इभी एक्सपो अयोजना गर्न लागेको हो ।

पछिल्लो २ वर्षयता नेपालमा इलेक्ट्रिक भेइकलको माग र खपत दुवै बढेसँगै आयतकर्ता कम्पनीले नयाँ नयाँ ब्रान्डलाई नेपाल भित्राउने क्रम समेत बढाइरहेका छन् । 

यतिमात्रै हैन्, ग्राहकको रोजाइमा पर्न सफल कतिपय इभी ब्रान्डको माग वमोजिम आपूर्ती हुन नसकेका कारण अभावको अवस्था छ ।

वैंक ताथा वित्तिय संस्थाले अटोलोनमा कडाई गरेका कारण सजिलै गाडी किन्न सकिने अबस्था समेत रहेको पाइदैन भने व्याजदर समेत निकै उच्च भैसकेको अबस्था छ । यस्तो परिस्थितीका कारण समग्र अटोमोवाइल वजार नै अहिले मन्दिको अबस्थाबाट गुज्रिनु परेको छ । यसका वाजजुत पनि नाडाले समग्र इलेक्ट्रिक भेइकललाई समेटी छुट्टै इभी एक्सपो आयोजना गर्दा यसले बजार र इभी पारखी दुवै पक्षलाई सकरात्मक सन्देश दिने देखिएको छ ।

संघका अध्यक्ष ध्रुव थापाका अनुसार नेपाली बजारमा अहिले २६ ब्रान्डका टु ह्विलर र १२ ब्रान्डका फोर ह्विलर इभी बिक्री भइरहेका छन् । सवै ब्रान्डलाई सहभागी गराउन आफूहरुले पहल गरिरहेको बताउँदै उनले दुई दर्जन बढी सहभागी हुने सुनिश्चित देखिएको बताएका छन् ।

एक्सपोमा नाडाले धेरैभन्दा धेरै ब्रान्डका इलेक्ट्रिक भेइकल एवं सोसंग जोडिएर आउने अन्य कम्पोनेन्टलाई समेत सहभागी गराउने योजना बनाएको छ ।

एक्सपोमा हुन्डाई, टाटा, निशान, विवाइडी, नेटा, टेस्ला, ग्रेटवाल ओरा, किया, एमजी, सिटी स्पिरिट, दिगो र डेरी लगायत अन्य बाँकी केही फोर ह्विलर ब्रान्ड सहभागी हुनसक्ने अनुमान गरिएको छ ।  

यस्तै टु ह्विलरमा प्योर इभी, लेभनिङ, सुपरसोको, ओकिनावा, टेलजी, दुहान, निउ, याडिया, कोमाकी, राफ्ट र वेला सहित नेपाली ब्रान्ड यात्रीले लगायतले सहभागिता जनाउने अनुमान गरिएको छ । एक्सपोमा सहभागी हुन भदौ १ देखी ५ गतेसम्म स्टल वुकिङ गराइसक्नु पर्ने छ ।

Logo