टिकेन बजारको हरियाली, २ अर्ब ७३ करोडको कारोबार

टिकेन बजारको हरियाली, २ अर्ब ७३ करोडको कारोबार


साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । सोमबार ५५ दशमलव ८८ अंकले बढेको बढेको बजार मंगलबार २४ दशमलव ८३ अंकले घटेर २ हजार ४१ विन्दुमा झरेको हो । 

मंगलबार २२१ वटा धितोपत्रका ६४ लाख ६ हजार कित्ता सेयर २ अर्ब ७३ करोड ४८ लाख रुपैयाँमा खरीद विक्री भएको नेप्सेले जनाएको छ । 

मंगलबार १३ वटै समूहको परिसूचक घटेको छ । सबैभन्दा बढी हाइड्रोपावर समूहको ३ दशमलव १८ प्रतिशतले घटेको हो । 

त्यस्तै, अप्पर हेवाखोला हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने कारोबार रकमको आधारमा सबैभन्दा बढी रिडी पावर कम्पनीको  ४० करोड ८२ लाखभन्दा बढीको सेयर कारोबार भयो ।
 

Logo