नेपालमा स्प्राइटले गर्दै अहिलेसम्मकै ठूलो प्रोमोसनल क्याम्पेन

नेपालमा स्प्राइटले गर्दै अहिलेसम्मकै ठूलो प्रोमोसनल क्याम्पेन


नेपालको सर्वाधिक लोकप्रियलाइम–लेमन पेय पदार्थ स्प्राइटले आफ्नो अहिलेसम्मको सबैभन्दा ठुलो प्रोमोसनल क्याम्पेन स्प्राइट सँग जित्ने मौका ल्याएको छ । 

यस क्याम्पेनमार्फत स्प्राइटले आफ्ना उपभोक्ताहरुलाई हरेक घण्टा सामसङ A03S स्मार्टफोन र हरेक हप्ता ४३ इन्चको सामसङ टेलिभिजनजित्ने मौका प्रदान गरेको छ ।

यो योजना स्प्राइटमा मात्रनभएर कोका–कोला र फ्यान्टाको पेट बोतलहरुमा पनि लागु हुनेछ जसले यो क्याम्पेनलाई कोका–कोला नेपालको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रोमोसनल क्याम्पेन बनाएको छ । 

उपभोक्तासँग आफ्नो सम्बन्ध अझनजिकबनाउन र उनीहरुलाई रमाइलो र यादगार क्षणहरु प्रदान गर्न कोका–कोला नेपाल सदैव केही न केही गरिरहेको हुन्छ र यो योजना त्यस्तै एक प्रयास हो।  

यो अफरमा सहभागि हुनको लागि उपभोक्ताहरूले बोतलको प्रमोशनल लेबलमा रहेको त्तच्कोड स्क्यान गरी त्यसको पछाडि भएको सिरियल नम्बर र आफ्नो मोबाइलनम्बर प्रदान गर्नुपर्ने हुन्छ। अथवा, उक्तसिरियल नम्बर र आफ्नो मोबाइलनम्बर ३४९४९ मा पनि एसएमएस SMS गर्नुपर्ने हुन्छ । यो अफर स्प्राइट, कोका–कोला र फ्यान्टाको २५० मिलि, ५०० मिलि, १.५ लिटर र २.२५ लिटर पेट बोतलहरुमा नेपालभरी लागु हुनेछ । 

साउनबाट शुरु भएको यो अफर असोज ९ गतेसम्म लागु हुनेछ । बजारमा यो अफर लागु नहुने बोतलहरु पनिउपलब्ध छन् । 

Skip This
Logo