सुजुकी एभेनिस स्कुटर नेपाली बजारमा अर्को साता लन्च हुँदै, यस्ता छन् फिचर

सुजुकी एभेनिस स्कुटर नेपाली बजारमा अर्को साता लन्च हुँदै, यस्ता छन् फिचर


लामो समयको प्रतीक्षा पश्चात सुजुकीको नयाँ स्कुटर ‘एभेनिस’ अर्को साता नेपाली बजारमा औपचारिक रुपमा लन्च हुने भएको छ । 

नेपालका लागि सुजुकी टु ह्विलरको आधिकारिक वितरक भीजी अटोमोबाइल्सले सुजुकी एभेनिस स्कुटर औपचारिक रुपमा लन्च गर्ने तयारी गरेको छ । यसअघि नै नेपाली बजारमा उपलब्ध गराउने बताउदै आएपनि विभिन्न कारणले यो स्कुटरको लन्चिङ समयमा ढिलाई हुँदै आएको छ । प्रिमियम स्कुटर सेगमेन्टमा नयाँ पहिचान कायम गर्ने र नेपाली बजारमा सुजुकीको स्थानलाई अगाडि बढाउने अपेक्षा गरिएको यो स्कुटर धेरैका लागि प्रतीक्षा बनेको मानिन्छ ।

यो स्कुटरमा भएका अत्याधुनिक प्रविधि र सुरक्षा तथा अन्य विभिन्न फिचरका कारण धेरैलाई लोभ्याउने अनुमान गरिएको छ । सुजुकी एभेनिसमा एफआई  टेक्नोलोजीसहितको शक्तिशाली १२५ सीसी इन्जिन जडान गरिएको छ । जसले ६७५० आरपीएममा ८.७ पीएस पावर र ५५०० आरपीएममा १० एनएमको टर्क जेनेरेट गर्छ । स्कुटरको कुल वजन १०६ किलोग्राम छ ।

सुजुकी एभेनिसमा फ्युल भर्न सजिलोको लागि नयाँ बाहिरी हिंज टाइप फ्युल क्याप पेश गरिएको छ । सुजुकी एभेनिसमा यूएसबी सकेटको साथमा ठुलो अन्डर सिट स्पेस र फ्रन्ट बक्स जस्ता फिचर रहेको छ । एड्भान्स स्पोर्टी स्टाइलिङ, मोटरसाइकलबाट प्रेरित रियर इन्डिकेटर, बडी माउन्ट ब्राइट एलईडी हेडल्याम्प र एलईडी टेलल्याम्पले सुसज्जित रहेको छ । सुजुकी एभेनिसमा एड्भान्स स्पोर्टी डिजाइन रहेको छ । जसमा मोटरसाइकलबाट प्रेरित स्प्लिट ग्र्याब रेल, स्पोर्टी मफलर कभर, स्पिडी लुक दिने अलोय ह्विल, बोल्ड सुजुकी ब्रान्डिङ र ट्रेन्डी ग्राफिक्स जस्ता फिचर समावेश छ ।

सुजुकी एभेनिस कन्सोललाई एन्ड्रोइड र एप्पल दुवै फोनमा जडान गर्न सकिन्छ । फोन जडान गर्न आफ्नो एन्ड्रोइड टीएम वा आईओएस डिभाइसमा ’सुजुकी राइड कनेक्ट’ एप डाउनलोड गर्नुपर्छ र एप्लिेकेसन इन्स्टल गरिसके पछि प्रयोगकर्ताले स्कुटरलाई फोनबाट कनेक्ट गर्न सकिन्छ । त्यसपछि नेभिगेसन असिस्टेन्स र लास्ट पार्क लोकेसन र ट्रिप रिपोर्ट जस्ता फिचर प्रयोग गर्न सकिन्छ ।

न्यु सुजुकी एभेनिस एसईपी टेक्नोलोजी र सुजुकी राइड कनेक्टले सुसज्जित रहेको र यसले गर्दा सबैभन्दा स्पोर्टी र तीव्र गतीको सवारी हुने कम्पनीले जानकारी दिएको छ । ब्लुटुथ डिजिटल कन्सोलको साथमा सुजुकी राइड कनेक्ट एप्लिेकेशन मार्फत मोबाइल फोन सिंक गर्न सकिन्छ । जसमार्फत राइडरले टर्न बाई टर्न नेभिगेसन, इनकमिङ कल, एसएमएस र ह्वाट्सएप अलर्ट डिस्प्ले, मिस्ड कल र अनरिड एसएमएस अलर्ट, ओभर स्पिड अलर्ट, फोनको ब्याट्री स्तर डिस्प्ले र आगमनको अनुमानित समय जस्ता फिचर प्रयोग गर्न सकिन्छ । विभिन्न चार कलर भेरिएन्टमा उपलब्ध हुने सुजुकी एभेनिसको नेपाली बजार मूल्य भने कम्पनीले लन्चिङ समयमा सार्वजनिक गर्ने बताएको छ ।

Logo