हुन्डाई नेपालको ‘बी(भी) द चेन्ज’ अभियान अन्तर्गत वृक्षारोपण सम्पन्न

हुन्डाई नेपालको ‘बी(भी) द चेन्ज’ अभियान अन्तर्गत वृक्षारोपण सम्पन्न


हुन्डाई नेपालले ‘बी(भी)द चेन्ज’ अभियान अन्तर्गत वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । 

कम्पनीले रातोमाटे डाँडा, चुनिखेलमा आइतबार वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो । रातोमाटे डाँडा सामुदायिक वनको समन्वयमा २०० भन्दा बढी बिरुवा रोपिएको उक्त कार्यक्रममा इभीका विभिन्न उमेर समुहका करिब १५० जनाको सहभागिता रहेको हुन्डाइले जनाएको छ । कोना र लोनिक्यु ५ गरी ४० भन्दा बढी विद्युतीय गाडीहरू थापाथली बाट बुढानिलकण्ठसम्म लगिएको थियो ।

हुन्डाई नेपालको ‘ बी (भी) द चेन्ज’  हुण्डाई मोटर कम्पनीको पर्यावरण मैत्री प्रतिबद्धतामा ऐक्य–बद्धता गर्ने पहल स्वरूप ल्याईएको हो । बी (भि) अर्थात् ब्याट्री इलेक्ट्रिक भेहिकल कार्बन न्युट्रालिटिको पर्याय बनेको आजको समयमा बी (भि) द चेनजले हरेकलाई व्यक्तिगत र सामुदायिक स्तरमा दिगोपनका अभ्यास अवलम्बन गर्न प्रोत्साहन गर्ने विश्वास हुन्डाले लिएको छ ।

Logo