वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा डा. उप्रेती नियुक्त

वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा डा. उप्रेती नियुक्त


सरकारले  वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा डा. द्वारिका उप्रेतीलाई नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रीपरिषद्‌को बैठकले बोर्डको कार्यकारी निर्देशकमा उप्रेतीलाई नियुक्त गरेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यकारी निर्देशक नियुक्तिका लागि सरकारसमक्ष ३ जनाको नाम सिफारिस गरेको थियो । उप्रेतीसिहत निर्मलकुमार उप्रेती र युवराज बस्नेतको नाम पनि सिफारिसमा गरिएको थियो । 

२० जेठमा पदपूर्तिका लागि सिफारिस समितिले सूचनामा प्रकाशित गरेको थियो । कार्यकारी निर्देशकमा आवेदन दिएकामध्ये ६ जना उम्मेदवारको दरखास्त स्वीकृत भएको थियो । आवेदन दिएकामध्ये तोकिएको योग्यता पुगेका उम्मेदवारहरु मात्र छानिएको थियो । प्रारम्भिक सूचीमा बाराका निर्मलकुमार उप्रेती र डा. द्वारिका उप्रेती, लमजुङका तोयराज अधिकारी, काठमाडौंका दुर्गादत्त ढकाल, सुर्खेतका युवराज बस्नेत र पर्वतका हरिकुमार श्रेष्ठ थिए ।

Logo