३ भदौ २०७९ शुक्रबार
1
1
1
1

कुमारी बैंकको आकर्षक योजना: एकजनाले खाता खोल्दा परिवारकै बिमा

1
1
1
1
1

कुमारी बैंकले आकर्षक बचत खाता योजना सार्वजनिक गरेको छ ।

बैंकले “कुमारी परिवार सुरक्षा बचत खाता” योजना ल्याएको हो । यो खाताबाट परिवारका एक सदस्य – बुवा अथवा आमाको नाममा बचत खाता खोल्दा परिवारका चार सदस्य – आमा वा बुवा आफै, तथा दुई सन्तानको स्वतः बीमा हुने बैंकले जनाएको छ ।

१० हजार मौज्दात हुनुपर्ने यस खातामा वार्षिक ६.५० प्रतिशत ब्याज दिने बैंकले जनाएको छ । साथै खातामा २६ लाख सम्मको परिवारको बिमा गरिएको र दम्पतिको आकस्मिक दुर्घटना बिमा, पूर्ण शारीरीक अशक्तता बिमा, परिवारको सदस्यका लागि १० घातक रोगहरुका लागि बिमा, परिवारको औषधोपचारको बिमा सुविधा पनि उपलब्ध रहेको छ ।

यस खातामा निशुल्क इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग र भिजा डेबिट कार्ड  पहिलो वर्ष निःशुल्क प्राप्त हुने बैंकले जनाएको छ ।

प्रकाशित: १३ साउन २०७६ १०:३१ सोमबार

केन्द्रबिन्दु अपडेट
1
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी