प्रदूषण फेल भएका चार सय ७६ गाडी कारवाहीमा

प्रदूषण फेल भएका चार सय ७६ गाडी कारवाहीमा


काठमाडौँ

काठमाडौँ उपत्यकामा गरिएको प्रदूषण जाँचका क्रममा चार सय ७६ सवारी साधनको प्रदूषण फेल भएको पाइएको छ ।

उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण कार्य योजना अन्तर्गत शुरु भएको अभियानमा ती गाडीको प्रदूषण फेल भएको पाइएको हो । ती सवारी साधनलाई कारवाही गरी मापदण्ड अनुसारको बनाउन निर्देशन दिइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जयराज सापकोटाले जानकारी दिनुभयो ।

चैत २१ देखि वैशाख ३ गतेसम्म दुई हप्ताको अवधिमा ती गाडीलाई कारवाही गरिएको हो । सो अवधीमा ट्राफिक प्रहरी महाशाखाले शुकेधारा, गौशाला, धुम्बाराही, चप्पल कारखाना, शंखपार्क लगायत आठ क्षेत्रमा जेब्रा क्रसिङ निर्माण गरिएको तथा दुई हजार ६२७ मोटरसाइकल तथा स्कुटरलाई सचेतना शिक्षा प्रदान गरिएको थियो । नयाँ बानेश्वरदेखि पुरानो बानेश्वरसम्म, कोटेश्वरदेखि गौशालासम्म र थापाथलीदेखि सोल्टीमोड र लाजिम्पाट क्षेत्रमा फुटपाथ व्यवसाय हटाइएको थियो ।
रासस

Logo