सेञ्चुरी बैंकको पदमपुर शाखा अब नयाँ ठाँउमा

सेञ्चुरी बैंकको पदमपुर शाखा अब नयाँ ठाँउमा


सेञ्चुरी कमर्सियल बैंकले पदमपुर शाखा नयाँ ठाँउमा सञ्चालनमा ल्याएको छ। नयाँ ठाँउमा सरेको बैंकको शाखाको उद्‍घाटन बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले गरेका छन्।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, प्रमुख कर्जा अधिकृत राजेश भण्डारी लगायत बैंकका कर्मचारीहरु तथा स्थानीयवासीको उपस्थिति थियो। 

देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यका साथ  बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखारहित बैंकिङ तथा एक्सटेन्सन काउण्टरहरु संचालनमा ल्याई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

बैंकको कुल शाखा संख्या १४८ छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखारहित बैंकिङ र ११५ वटा एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ। 
 

Logo