प्रधानमन्त्री दाहालविरुद्ध मुद्दा दायर गरेपछि सुरक्षा चुनौती बढ्योः पूर्व बाललडाकु समूह

प्रधानमन्त्री दाहालविरुद्ध मुद्दा दायर गरेपछि सुरक्षा चुनौती बढ्योः पूर्व बाललडाकु समूह


पूर्व बाललडाकुको समूहले आफूहरुको शान्ति सुरक्षाका लागि राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन दर्ता गरेका छन् । बुधवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबाट ज्यानमार्ने धम्की आएको भन्दै आयोगमा निवेदन दर्ता गराएका हुन् । 

निवेदनदर्तापछि अयोग्यबाल लडाकु घोषित लेलिन विष्टले प्रधानमन्त्री दाहाल र पूर्व प्रधानमन्त्री भट्टराईको विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेको भनेर धाकधम्की दिई मानसिक यातना दिएको बताए । उनले आफ्नो र परिवारको समेत जिउ धन र स्वतन्त्रताको रक्षा गरी पाउँ भनेर निदेनमा उल्लेख गरेको जानकारी दिए । 

उनले भने,‘हामी जनयुद्धमा प्रयोग भएमाबाल सेनाहरुलाई युद्धको नतृत्वकर्ता पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराई लगायतले सर्वोच्च अदालतमा उनीहरु विरुद्ध मुद्दा दर्ता गरेको भनेर धाकधम्की दिईं ज्यानै लिने मनोवैज्ञानिक दबाब दिई मानसिक यातना दिने गरेकोले हाम्रो र परिवारको जिउधन र वैयक्तिक स्वतन्त्रताको रक्षा गरी पाउँ ।’

Logo