ओली-दाहाल भेटवार्ता सकियो

ओली-दाहाल भेटवार्ता सकियो


काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज ‘वन टु वन’ वार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा करिब २ घण्टा छलफल चलेको थियो । उनीहरुबीच नेकपाको पछिल्लो विवादकै विषयमा कुराकानी भएको थियो । तर के के सहमति भयो भन्ने विषय भने सार्वजनिक भएको छैन ।

उनीहरुवीचको वार्ता सकारात्मक बाटोमा अघि बढेको स्रोतले बताएको छ । नेकपामा भएको पछिल्लो विवादले यतिबेला सबैको ध्यान खिचेको छ भने समस्या समाधान गर्न पनि सबैले आआफ्नो प्रयास जारी राखेका छन् । तर निष्कर्ष भने निस्कन सकेको छैन ।

Logo