काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई एनएमबि बैंककाे २५ लाख सहयोग

काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई एनएमबि बैंककाे २५ लाख सहयोग


एनएमबि बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई सामाजिक उत्तरदायित्व अन्तर्गत २५ लाख रुपैयाँ सहयोग गरेको छ । यस योगदानले अस्पतालमा बाल मैत्री वार्ड निर्माण गर्न मद्दत गरी बाल सवास्थ्य सुधार गर्ने प्रयासमा सहायता पु-याउने बैंककाे विश्वास छ । 

एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी. र इन्स्टिच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष डा. भगवान कोईरालाबीच सहमति आदनप्रदान गरिएको हाे । यस सहकार्यले बैंक र अस्पतालको बाल सवास्थ्य सेवा सुधार्ने संयुक्त प्रयासलाई सशक्त रुपमा दर्साउँछ ।  

एनएमबि बैंकले समाजमा दिगो सकारात्मक परिवर्तनको पहल गर्दै सामाजिक उत्तरदायीत्व अन्तर्गत विभिन्न कार्यहरु आयोजना गर्दै आईरहेको छ ।  

Logo