कोरोनाका कारण ब्राजिलमा पहिलो व्यक्तिको मृत्यु

कोरोनाका कारण ब्राजिलमा पहिलो व्यक्तिको मृत्यु


ब्राजिल ।

कोरोना भाइरसका कारण ब्राजिलको साओ पाउलो सहरमा पहिलो व्यक्तिको मृत्यु भएको यहाँका अधिकारीले मङ्गलबार बताएका छन् ।

ब्राजिलमा ६२ वर्षीय एक पुरूषको उपचारका क्रममा सोमबार मृत्यु भएको भएपनि उनमा कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि मङ्गलबार मात्र गरिएको छ । यससँगै कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुने ब्राजिल दक्षिण अमेरिकी मुलुकमध्ये पहिलो मुलुक बनेको छ ।

साओ पाउलोका नगर प्रमुख ब्रुनो कोभासले स्थानीय डीबीएन रेडियोसँग भने, “दुर्भाग्यवस मृतक ती व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।” उनले ब्राजिलले सङ्क्रमण फैलिन नदिन आवश्यक तयारी गरिसकेको बताए ।

Logo