प्रदेश नम्बर-२ मा दुई दिन सार्वजनिक बिदा

प्रदेश नम्बर-२ मा दुई दिन सार्वजनिक बिदा


जनकपूर ।

प्रदेश नम्बर -२ सरकारले होलीलाई लक्षित गर्दै दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

पहाडी जिल्लामा फागुन २६ गते मनाइएको होली पर्व तराईका जिल्लामा अर्को दिन मनाइन्छ । तराईको होलीलाई लक्षित गर्दै प्रदेश २ सरकारले मंगलबार र बुधबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मुख्यमन्त्री लालबाबु राउतले विज्ञप्ति जारी गर्दै नेपालीहरुले मनाउने होली पर्वमा दुई दिन सार्वजनिक बिदा दिएको उल्लेख गरेका छन् । विज्ञप्तिमा उल्लेख गरिएको छ –‘होलीको अवसरमा प्रदेश नम्बर-२ सरकारले प्रदेशभित्र दुई दिन सार्वजनिक बिदासमेत दिएको हुँदा यस पर्वलाई शान्तिपूर्ण तरिकाले हर्षोल्लासपूर्वक मनाउन सम्पूर्ण प्रदेशवासीमा हार्दिक आह्वान गर्दछौं ।’

Logo