नेकपाको सचिवालय बैठक आज बस्दै

नेकपाको सचिवालय बैठक आज बस्दै


नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ । बैठक आज अपराह्न ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ ।

यसअघि मंगलबार र बुधबार बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो । स्कुल विभागसहित जनवर्गीय संगठनको नेतृत्व लगायत विषयमा विवाद कायमै भएपछि नेकपा सचिवालय बैठक पटक–पटक स्थगित भइरहेको छ ।

स्कुल विभागमा प्रवक्ता नारायणकाजी श्रेष्ठसहित सचिवालय सदस्य ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य घनश्याम भुसाल, वेदुराम भुसालसहित आठ जनाको दावी छ ।

नेकपाको सचिवालय बैठक साउन १३ यता बस्न सकेको छैन ।

Logo