काठमाडौं । शिक्षक सेवा आयोगले अस्थायी शिक्षकको नतिजा प्रकाशन थालेको छ । सोमबार सुरु गरेको नतिजा प्रकाशन मंगलबार पनि जारी रहेको छ । "/>

अस्थायी शिक्षकः दोस्रो चरणको परीक्षा नतिजा प्रकाशित

अस्थायी शिक्षकः दोस्रो चरणको परीक्षा नतिजा प्रकाशित


काठमाडौं । शिक्षक सेवा आयोगले अस्थायी शिक्षकको नतिजा प्रकाशन थालेको छ । सोमबार सुरु गरेको नतिजा प्रकाशन मंगलबार पनि जारी रहेको छ । आयोगले मंगलबार निम्न माध्यमिक तहको पश्चिम, मध्यपश्चिममाञ्चल र सुदूरपश्चिममाञ्चलको विज्ञान विषयको नतिजा प्रकाशन गरेको हो ।

त्यस्तै निम्न माध्यमिक तहको पूर्वाञ्चल र मध्यमाञ्चलको विज्ञान विषयको नतिजा प्रकाशन गरिएको छ । भने निम्न माध्यमिक तहको पश्चिम, मध्यपश्चिमाञ्चल र सुदुरपश्चिमाञ्चलको गणित र कम्प्युटर विषयको नतिजा प्रकाशन गरिएको छ । यसअघि आयोगले सोमबार निमावि तह अन्तर्गत सबै क्षेत्रको गणित र विज्ञान तथा पूर्वाञ्चल र मध्यमाञ्चलको गणितको नतिजा सार्वजनिक गरेको थियो ।

नतिजा सार्वजनिक भएसँगै आयोगले पुस ११ गतेका लागि अन्तवार्ताको मिति पनि तय गरेको छ । नतिजामा चित्त नबुझेमा मंसिर १९ गते सम्म पुर्नयोगको आवेदन भर्न सकिनेछ ।

नतिजा हेर्न तलको लिंकमा क्लिक गर्नुहोसः

अस्थायी शिक्षकको निम्न माध्यमिक तहको पश्चिम मप सुप को गणित र कम्प्युटर विषयको नतिजा

अस्थायी शिक्षकको निम्न माध्यमिक तहको पूर्व र मध्यको विज्ञान विषयको नतिजा 

अस्थायी शिक्षकको निम्न माध्यमिक तहको पश्चिम मप र सुपको विज्ञान विषयको नतिजा 

Skip This
Logo