विराटनगर । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आवश्यक परे साढे ३३ किलो सुनकाण्डको प्रतिवेदन सार्वजनिक गरिने बताएका छन् । "/>

गृहमन्त्री भन्छन्, ‘सुनकाण्ड अझै सकिएको छैन्, अनुसन्धान जारी छ’

गृहमन्त्री भन्छन्, ‘सुनकाण्ड अझै सकिएको छैन्, अनुसन्धान जारी छ’


विराटनगर । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आवश्यक परे साढे ३३ किलो सुनकाण्डको प्रतिवेदन सार्वजनिक गरिने बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै गृहमन्त्री थापाले आवश्यक परे मन्त्रीपरिषद्बाट निर्णय गरेर सुनकाण्ड र सनम शाक्य हत्याकाण्डको अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्ने बताएका हुन् ।

सुनकाण्डमा पक्राउ परेका ठूला माछा त धमाधम छुट्दैछन् नि भन्ने पत्रकारको प्रश्नको जवाफमा गृहमन्त्री थापाले भने, ‘‘अझै अनुसन्धान जारी छ । अरु पनि पक्राउ पर्छन् ।’’

मन्त्रीपरिषदले सुनकाण्ड र सनम शाक्यको हत्याकाण्डबारे उच्चस्तरीय समिति बनाएकाले प्रतिवेदन सार्वजनिक गर्ने कुरा मन्त्रीपरिषदकै विषय भएको उनले बताए । गत माघ ७ गते युएइबाट आएको साढे ३३ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरीने क्रममा गायब भएको थियो ।

सुन गायब भएको विषयलाई लिएर चूडामणि उप्रेती गोरेको समूहले मोरङ उर्लाबारीको सनम शाक्यको यातना दिएर हत्या गरेको थियो । मोरङ प्रहरीले गोरेसहित ६३ जनाविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

Logo