(शुकदेव थपलिया)

राजधानी नजिकै रहेको काभ्रे जिल्लाको सदमुकाम धुलिखेलबाट करिब ३३ किमी पूर्वतर्फ रहेको छ तिमाल । "/>

बहुमुल्य बुद्धचित्तः एक मालाको लाखौ रुपैंया

बहुमुल्य बुद्धचित्तः एक मालाको लाखौ रुपैंया


(शुकदेव थपलिया)

राजधानी नजिकै रहेको काभ्रे जिल्लाको सदमुकाम धुलिखेलबाट करिब ३३ किमी पूर्वतर्फ रहेको छ तिमाल । मध्यम हावापानी यहाँको विशेषता हो भने तिमालको उत्तरतर्फ सुनकोशी नदी र पश्चिमतर्फ रोशी नदीको बीचमा उठेको भागको माथिल्लो भाग पुरै तिमाल हो । यहाँबाट उत्तरतर्फका अग्ला चुचुराहरु र हिमश्रृंखलाहरु गौरीशंखर, लाङटाङ अन्नपूर्ण जस्ता थुप्रै हिमश्रृंखलाको अवलोकन गर्न सकिन्छ । गुम्वाहरु, मन्दिरहरु यहाँका मानिसले पुरातन सामाग्रीको प्रयोग गर्न (ढिकी, जाँतो) गोरुद्धारा वाली नाली लगाईने र भाषा एवं सँस्कृतिमा पुरानै शैली प्रयोग गर्दै आएको यस क्षेत्रमा वहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिकका मानिसहरुको वसोबास रहेको छ ।

तामाङ जातिको वाहुल्यता रहेको यस क्षेत्रलाई तामाङ जातिको उत्पत्ति स्तरको रुपमा मानिँदै आएको छ । आपसी सद्भाव र एकतामा कुनैपनि फरकपन देखिँदैन । पुरातात्वीक वस्तुहरुलेयुक्त नारायणको मुर्ति वौद्धगुम्बाहरु यहिँ पाइन्छ । पर्यटकिय दृष्टिकोणले पछिल्लो समय तिमाल एकदमै चर्चा र परिचर्चाको विषय वन्न पुगेको छ । नेपाल सरकारले विश्व सम्पदा सूचिमा राखेको विभिन्न सम्पदाहरु जस्तै राख्नैपर्ने क्षेत्र हाल आएर तिमाल सावित भएको छ । यहाँ विश्वकै एकमात्र वनस्पति वुद्धचित्त माला अर्थात वुद्धले तपस्या गर्दा र वुद्धत्व प्राप्त गर्दा हातमा लिने माला यसै क्षेत्रमा उत्पादन हुने गरेको र यसबाट विश्वमा तिमालक्षेत्र प्रति सबैको ध्यान केन्द्रित भइरहेको छ भने नेपाल सरकारले यस्तो महत्वपूर्ण क्षेत्रहरुलाई विश्व सम्पदा सूचीमा राख्न र पर्यटकिय क्षेत्र घोषणा गर्न आनाकानी गरिरहेको छ ।

लोप हुन लागेको वस्तुहरुको संरक्षण प्रवद्र्धन एवं अवलोकन गर्न आउनेहरुलाई देखाउनको लागि यस्ता क्षेत्रहरुलाई विश्व सम्पदा सूचीमा राख्ने गरेको पाइन्छ । तर तिमाल पनि यस क्षेत्रमा पर्ने कुरा सम्वन्धित सवैले वुझ्न जरुरी छ । यस्ता क्षेत्रहरुमा नेपाल सरकारको ध्यान पु¥याउन विभिन्न आवश्यक कदम स्थानीयवासीदेख उच्च पदस्थ ब्यक्तिहरु श्याम प्रसाद मैनाली, उमेश प्रसाद मैनाली र गोपीनाथ मैनालीले यस क्षेत्रको विकास निर्माणमा लगाव राखेको पाइन्छ । उच्च भागहरु अन्तर्गत पर्ने भएकोले यहाँको मुख्य समस्या भनेको पानीको अभाव रहेको छ । पछिल्लो समय सरकारले घरैपिच्छे घैँटो कार्यक्रम ल्याएको थियो । उक्त कार्यक्रमले केहिलाई राहत पुग्यो भने सबैलाई समेट्न सकेको छैन ।

यस क्षेत्रमा पाइने वुद्धचित्त मालाबाट करोडौँ आम्दानी भईरहेको छ भने वुद्धचित्तमालाबाट अग्रिम रुपमा फल लाग्नु अगावै मूल्य तोक्ने गरिन्छ । जिल्ला वन कार्यालय काभ्रेले उक्त निर्यात गर्न आवश्यक नीति नबनाएको कारण विच बाटोबाटै लुटिने गरेको समाचार पनि पटक पटक प्रकाशित हुँदै आएको छ । एसियाको ज्योती वुद्धलाई मानिरहेको समयमा वुद्धत्व प्राप्त गर्ने उक्त माला खासा हुँदै चीन र भारतमा निर्यात वढि हुने गरेको पछिल्लो समयमा यस सम्बन्धी चहलपहलले स्पष्ट पार्दछ । उत्पादन गर्नेलाई भन्दा व्यवसायीलाई बढि फाइदा भएको कुरा देख्न सकिन्छ । विक्रि गर्नेले करोडौँमा विक्री गर्ने तर उत्पादन गर्नेले त्यसको उचित मूल्य पाउन सकेका छैनन् ।

पछिल्लो समयमा यस सम्बन्धी धेरै वहस हुने गरेको छ । वुद्ध चित्त माला पाइने मूख्य मूख्य स्थानहरुमा सस्र्युँखर्क, कुरुवास, चापाखोरी, मेच्छे, नारायणस्थान रहेको छ भने यस्ता क्षेत्रमा व्यवसायी स्वयंले फल्नु अगावै मूल्य तोक्नाले गर्दा किसानलाई मर्का पारिरहेको छ । जंगल, जडिवुटी र जमिनको उच्चतम प्रयोग गर्नाले कयौँ यस्ता महत्वपूर्ण वनस्पति नेपालबाट मात्र नभई विश्वबाटै हराउँदै जान थालेको र जाने कुरा कतिपय वनस्पति विश्लेषकहरुको वुझाई छ । यति धेरैका वर्षहरुमा चर्चा नभएको वुद्ध चित्तमाला एकाएक आएर यसको व्यापक चर्चा हुनुुले यसको संरक्षण भन्दा बढि दुरुपयोग हुने खतरा वढ्न थालेको छ ।

तिमालको वस्तुस्थिती बारे अध्ययन र अवलोकन गर्नेहरुको दिनहुँ घुइँचो लाग्ने गरेको छ । काभ्रेको तिमालको भौगोलिक, प्राकृतिक, साँस्कृतिक र विभिन्न पक्षलाई केलाउने हो भने यस क्षेत्रलाई नेपालकै नमूना क्षेत्र वनाउन सकिन्छ । यस क्षेत्रमा खाद्यान्न बालीहरु अन्तर्गत मकै, भटमास, मस्याङ, केराउ, सिमी, फापर कोदो उत्पादन अत्याधिक रुपमा हुने गर्दछ भने यस क्षेत्रमा रहेका मानिसहरु फुर्सदको समयमा डोको, गुन्द्रि चकटि वुनेर घरेलु सिपले जडित वाँसका विभिन्न सामानहरु वनाउने गर्दछन् । जसले पर्यटन प्रवद्र्धन गर्न ज्यार्दै महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । आवासको हिसावले तिमाल क्षेत्र अति उत्तम मानिन्छ किनभने जाडोमा र गर्मिमा धेरै मौसम परिवर्तन हुँदैन ।

तामाङ समुदायको पुरोहित लामाहरु भन्छन्, “तिमाल हिमाल पारी भएकोले हिमालको काखमा बसेको अनुभुती हुन्छ, जसले गर्दा हामीले पाउने ज्ञानमा अत्याधिक रुपमा सफलता मिल्दै गईरहेको छ ।” शहरीक्षेत्रमा मानव वस्ती वाक्लो र अध्याधिक भएकोले राजधानी नजिकैको यस क्षेत्रलाई तिमालको तल्लो भागमा रहेका नदिहरुबाट विद्युत उत्पादन गर्न सक्ने स्थिती छ भने सुनकोशी नदि हिम नदि भएकोले ¥याफ्टिङ्ग सञ्चालनमा ल्याए थप पर्यटकहरु भित्रन सक्ने कुरा देख्न सकिन्छ ।

बोधिचित्त माला बोलीचालीमा बुद्धचित्त तामाङ समुदाय र विशेषगरी तिब्बती तथा चिनियाँ समाजमा धार्मिक एवं सांस्कृतिक प्रयोगमा आउने एक प्रकारको वनस्पति हो । खास गरी परापुर्वकाल देखी काभ्रेको तिमाल क्षेत्रमा मात्र यसको विरुवा रहिआएको छ । यसको प्रयोग र महत्व बारे हाल आएर व्यापक चर्चा भईरहदा उच्च बजार मूल्यले गर्दा किसानलाई भन्दा व्यवसायीलाई अत्यन्तै फाईदा भैैरहेको छ । अत्याधिक माग र उच्च मुल्यका कारण व्यवसायिक खेति तथा सौख र आम्दानीका लागि गमलामा पनि रोप्न सकिने भएकोले विरुवा उत्पादन गरी व्यवसायिकता तर्फ लैजान सक्ने सम्भावना छ ।

खेती प्राविधीक तरिकाबाट बोधिचित्त मालाको विरुवा समशितोष्ण भुभागमा लगाउन सकिन्छ । यसलाई खास गरी माघ र फाल्गुनमा रोप्नु उत्तम मानिन्छ । नयाँ पालुवा र जरा आउनु भन्दा अगाडि रोपीएको विरुवा सप्रिने र राम्रो हुनुका साथै छिटो फल्ने हुन्छ । तर पनि उचित हेरचाह गरेमा असार साउनमा पनि रोप्न सकिन्छ । यस विरुवालाई ठुलो गमलामा आवश्यक मलजल सहित रोप्न सकिन्छ भने जमिनमा धेरै संख्यमा रोप्दा ५ मिटरको दुरी कायम गरी रोप्नु पर्छ ।

यसको वोटमा रोपेको ३÷४ वर्ष देखी दाना फल्न शुरु हुन्छ । बोधिचित्त मालाको बजार मूल्य यसको प्रकार र साइज अनुसार निर्धारण हुन्छ । हाल फलीरहेको प्रकार अनुसार ३ देखी ७ मुखेसम्मको मुल्य प्रती गोटा ४ सय देखी ४ लाख सम्म पर्छ । त्यसै गरी दुई मुखे मालाको भने साइज अनुसार मुल्य हुन्छ । ७ मिमी को १०८ गेडा ( एक मालाको) ४ लाख पर्छ भने साइज बढ्दै जाँदा मुल्य कम हुंदै जान्छ । सबभन्दा ठुलो साइजको माला भने पाथिमा बेचिन्छ । बजारमा १ पाथिको मुल्य २५ देखी ३५ हजार सम्म पर्छ । यसरी बजार भाऊ भए पनि सरकारले यस प्रति खासै चासो दिन सकेको छैन ।

Logo